Saturday, November 5, 2016

बर-पीपलको छहारी मुनी


हैन हो ! ज्येष्ठ आषाढ लागिसक्यो !प्रचण्ड घाम हुदैछ |

आफूलाई भने त्यही घाममा छहारी लिने बुढाको चौर कोलाको स्वाराको  बर-पीपलको छहारीको मात्रै याद आउछ | सम्झनामा दुई शब्दहरु पस्किदै :

बर-पीपलको छहारी मुनी !
 
डाडाकाडा काटेका बटुवा ती !

भारीले थिचिएका भरिया ती !!

थकान मेटी पसिना पुछी !

बर-पीपलको छहारी मुनी !!

--------------------  ------------------

चराको चिर्चिरे चिर्चिरे  स्वर !

हावाको सिर्सिरे सिर्सिरे बहाव !!

छेवैमा हरित चरन  सानी !

बर-पीपलको छहारी मुनी !!

 

------------  --------------------------

शैशब काल गरी  गौचरण !

देखभाल गर्दै भैसीको बथान !!

बस्ने चौतारी बतासे मुनी !

बर-पीपलको छहारी मुनी !!

--------- ---------------------

गाईको घन्टी आबाज सुन्दै !

बाघगोट्टी गोठाला खेल खेल्दै !!

बस्ने चौतारी बतासे मुनी !

बर-पीपलको छहारी मुनी !!

----- -------------------------

डँडिबियो पानीलौरी खेल्दै !

साधेको गुन्द्रुक बाड्दै खादै !!

मकै भट्टका स्वाद अलग्गी !

बर-पीपलको छहारी मुनी !!

------ ५-------------------------

----------(समाप्त )--------------

--. दीपक यात्री

सिनियर इञ्जिनिएर ;भेरिएन सिस्टम

हैदराबाद भारत

स्थायी ठेगाना: लेखनाथ - ,कास्की नेपाल

 

No comments:

Post a Comment