Saturday, November 5, 2016

देवकोटा जयन्ती


शुभ दिपावली;! शुभ लक्ष्मी पूजा !!  साथमा  देवकोटा जयन्ती !!!

लक्ष्मी पूजामा जन्मेका देवकोटा आखिर सरस्वतीका प्रसाद पो भए |

उनी कवितामै बात गर्नसक्थे;कवितामै दिनचर्या बिताउथे | कक्षा को नेपाली महेंद्रमालामा देवकोटाको जीवनीमा यी बाक्यहरु पढेपछि सायद मलाई कविता लेख्ने प्रेरणा मिल्यो क्यार !

उनै महाकविको श्रद्दा सुमनमा केही पंक्तिहरु :

 

नेपाली भूमिको काठमाडौँ थलको डिल्लीबजारमहा !

कार्तिक मसान्त लक्ष्मी पूजाको सन्ध्या दिवालीमहा !!

माता अमरराज्यको कोख थियो ,पिता तीलमाधव !

तेह्र सन्तान भाई मध्येका,थियौ तिमी साहिला !!

----------------------------------------------------------

झुल्के एक चमकिला प्रतिभा ती हिमालीको काखीमा !

रची साहित्यका बिबिध सृजना बाङ्ग्मयको फाटमा !!

भाषा संस्कृतको जमाना रहेछ ,नेपाली बामे सरी !

अंग्रेजी पढेर धुरन्धर बनेछौ,साहित्यका पारखी !!

---------------------------------------------------

महाकाव्य शाकुन्तल,सुलोचना बनकुसुम प्रमीथस !

गीतिकथा अति सरस मुनामदन ,जिब्रोमै झुण्डीएछ !!

लक्ष्मी निबन्ध संग्रह सरस त्यो ,निबन्ध कस्तो हुनु !

सत्यबान सावित्री अमर त्यो,पतिब्रता कस्तो हुनु !!

--------------------------------------------------------

छुनु चन्द्र उद्धेश्य लिनु भनेर, संदेश तिमीले  दियौ !

दिलले मानिस महान हुन्छ नकि जातले तिमिलेनै सिकायौ !!

थिए, होलान तिमि सरह ,सच्चा नेपाली कबि !

श्रद्धासुमन अर्पण गर्दछु ,मनाउदै जयन्ती !!
----------------------------------------------

No comments:

Post a Comment