Saturday, November 5, 2016

सौभाग्य रहेछ बिध्याबारधी


"सौभाग्य रहेछ बिध्याबारधी"

कुनै दिन थिए ,मेधावी छात्र !

प्रत्येक कक्षा ,प्रथमै मात्र !!

उपमा मिलेथ्यो,सदाबहारी !

प्रथम मात्रै दीपक त्रिपाठी !!

खुश थिए सारा गुरु अध्यापक !

गर्बले फुल्थे ती,अभिभावक !!

मानसपटलमा अतीत स्मृती !

सौभाग्य रहेछ बिध्याबारधी !!

------------------------------------

उत्कृष्ट पचहत्तर प्रतिशत !

एसएलसीमा मिल्यो गाऊबाट !!

गुरु गुरुआमा सान्त्वना दिन्थे !

उत्कृष्ट दशमा परेनौ भन्थे !!

आफैले सोध्थे, मिहिनेत पुगेन !

मौरीको जस्तो परिश्रम  भएन !!

फर्केर सोच्छु  सब साथीसंगी !

सौभाग्य रहेछ बिध्याबारधी !!

-------------------------------

भर्ती भए,अमृत क्याम्पसमा !

प्रथम सुची भितरै परे !!

तीक्ष्ण प्रतिभाशाली संगी ती !

छनौटे जिल्ला प्रथम बिद्यार्थी !!

राजधानी शहर परिवेश नौलो !

अनुकुल पार्न असजिलो भैगो !!

घुमेर हेर्छु बिगतका दिन ती !

सौभाग्य रहेछ बिध्याबारधी !!

-------------------------------------

मैले गरे, पढाई उत्कृष्ट !

मैले जिते, छात्रबृती कोटा !!

आखिर साहित्य,कलम समाए !

यात्री उपनाम,आफै दिलाए !!

औशीको रातमा, लुकेको तारा !

इञ्जिनिएर भए, स्वयं खर्चबाट !!

एमबिए डिग्री दशक अनुभबी !

सौभाग्य रहेछ बिध्याबारधी !!
----------(समाप्त )--------------

No comments:

Post a Comment