Tuesday, December 31, 2024

हंगकंग पोखरा

 हिउँ त हैन फफ्रेको डंगुर

माया भयो अमिलो अंगूर हंगकंग पोखरा निर्मोही आफ्नो को छ र हे, हंगकंग पोखरा निर्मोही आफ्नो को छ र हिउँ त हैन फफ्रेको डंगुर माया भयो अमिलो अंगूर हंगकंग पोखरा निर्मोही आफ्नो को छ र हे, हंगकंग पोखरा निर्मोही आफ्नो को छ र बिदेशीनु लेखियो कर्मैमा भाला रोपी नबोल मर्मैमा बिदेशीनु लेखियो कर्मैमा भाला रोपी नबोल मर्मैमा जिउत हैन ढुंगाको छपनी औला माया नमरे म पनि हंगकंग पोखरा निर्मोही आफ्नो को छ र हे, हंगकंग पोखरा निर्मोही आफ्नो को छ र भीरको सुई भीरबाट सर्दैन जहाँ गए नि यो माया मर्दैन भीरको सुई भीरबाट सर्दैन जहाँ गए नि यो माया मर्दैन मन त् हैन रुखको त्यो डाली माया तिमी रेशमी कि जाली हंगकंग पोखरा निर्मोही आफ्नो को छ र हे, हंगकंग पोखरा निर्मोही आफ्नो को छ र हिउँ त हैन फफ्रेको डंगुर माया भयो अमिलो अंगूर हंगकंग पोखरा निर्मोही आफ्नो को छ र हे, हंगकंग पोखरा निर्मोही आफ्नो को छ र हे, हंगकंग पोखरा निर्मोही आफ्नो को छ र हे, हंगकंग पोखरा निर्मोही आफ्नो को छ र हे, हङकङ पोखरा निर्मोही आफ्नो को छ र Social Links: YouTube:    / @kandarabandofficial   Facebook:   / kandarabandofficial   Instagram:   / kandaraofficialpage   Twitter: https://x.com/BandKandara Visit Our Website: https://www.kandaraband.com/ Contact Us: Email: Kandaraband@gmail.com

Wednesday, November 6, 2024

मेडिकल फिजिक्सको अन्तर्राष्ट्रिय दिवस (IDMP) २०२४

 

आज नोभेम्बर ७ तारिख अन्तर्राष्ट्रिय मेडिकल फिजिक्स (IDMP) दिवस हो। मेडिकल फिजिक्सको अन्तर्राष्ट्रिय दिवस (IDMP) २०२४  को नारा "मेडिकल फिजिसिस्टहरू अर्को पुस्तालाई प्रेरणा दिँदै" रहेको छ।

  यस दिनले सल्लाहकारको महत्त्वलाई जोड दिन्छ र यस क्षेत्रमा युवा पेशेवरहरूको लागि सहयोगी वातावरण सिर्जना गर्दछ।

 यो नोभेम्बर 7th, 2024 मा मनाइनेछ, वर्तमान चिकित्सकहरूका लागि भविष्यका मेडिकल फिजिसिस्टहरूलाई प्रेरणा र मार्गदर्शन गर्नको लागि यो दिवस  नोभेम्बर ७ मा मनाइने गरिन्छ।   

 यस वर्षको IDMP सल्लाहकारको महत्त्वलाई हाइलाइट गर्न र युवा पेशेवरहरूको लागि सहयोगी वातावरणलाई बढावा दिन समर्पित छ।

नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर रेडियोथेरापी विभागका विभागीय  प्रमुख वरिष्ठ रेडिएसन अन्कोलोजिस्ट,  ड़ा गिसुप प्रसिको भन्नुहुन्छ :

 मेडिकल फिजिक्स रेडियोथेरापीमा महत्त्वपूर्ण छ किनकि यसले ट्युमरको मात्रालाई लक्षित गर्न आयनाइजिंग विकिरणको सही खुराक प्रदान गर्नमा  शुद्धता र सुनिश्चिता  गर्दछ जबकि वरपरका स्वस्थ तन्तुहरूमा एक्सपोजर कम गर्दछ। यसले विकिरण थेरापीको प्राविधिक र सफ्टवेयर पक्षहरूलाई जोड दिन्छ, जुन प्रभावकारी क्यान्सर उपचारको लागि महत्त्वपूर्ण छ।

     वरिष्ठ मेडिकल फिजिसिस्ट सुमन बडाल भन्नुहुन्छ: " मेडिकल फिजिष्टले  बिरामीको उपचारको महत्वपूर्ण  जिम्मेवारी राख्दछ।  उत्कृष्ट  रेडियोथेरापी उपचार प्रदान गर्न पाएकोमा  हामी यस पेशामा गर्व गर्दछौ " , बादलले थपे।

 नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको रेडियोथेरापी विभाग अन्तर्राष्ट्रिय चिकित्सा भौतिकी दिवस (IDMP) को अवसरमा सम्पूर्ण कर्मचारी, स्वास्थ्यकर्मी तथा शुभचिन्तकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ ।

 - रेडियोथेरापी विभाग, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 


Today November 7th is International Day of Medical Physics (IDMP) . International Day of Medical Physics (IDMP) 2024 is themed “Inspiring the next generation of Medical Physicists.”

The day emphasizes the importance of mentorship and creating a supportive environment for young Medical Physics professionals in the field.

 It will be celebrated on November 7th , 2024, with a call to action for current practitioners to inspire and guide future medical physicists.

        The Head of the Department Sr. Radiation Oncologist, Nepal Cancer Hospital & Research Center, Dr. Gisup Prasiko says :

   Medical physics is crucial in radiotherapy as it ensures precision and accuracy in delivering the correct dose of ionizing radiation to target tumor volumes while minimizing exposure to surrounding healthy tissues. It underpins the technological and software aspects of radiation therapy, which are vital for effective cancer treatment.

     Sr. Medical Physicist Suman Badal says "While the radiation oncologist maintains the final responsibility for the patient's treatment, the physicist is responsible for the physical accuracy and accurate dose delivery”. We are proud of this profession for providing best Radiotherapy Services , Badal added.

     Nepal Cancer Hospital & Research Center Radiotherapy Department extends its best wishes to all employees, healthcare workers and well-wishers on the occasion of International Day of Medical Physics (IDMP)

 -- Radiotherapy Department, Nepal Cancer Hospital and Research Center

Monday, November 4, 2024

Sunday, November 3, 2024

शब्द, संगीत र स्वरमा इलामको अनुपम सुन्दरता लेखनाथ नगर गीत

 https://www.drishtinews.com/archives/280160

https://www.youtube.com/watch?v=P6wKLgbFt3w

लेखनाथ नेपालको गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित एक पूर्व नगरपालिका र वर्तमान समयमा पोखरा महानगरपालिकाको एक छिमेकी क्षेत्र हो। साविक लेखनाथ, राखी, शिशुवा र वेगनास गाविसलाई गाभेर वि.सं. २०५३ माघ ११ गते यस नगरपालिकाको गठन भएको थियो। नेपाल सरकार मन्त्रिपरिषद्को वि.सं. २०७१ मङ्सिर १६ गतेको निर्णय र वि.सं. २०७१ पौष २८ गते नेपाल राजपत्रमा प्रकाशित भएअनुसार तत्कालीन भरतपोखरी गाविस यस नगरपालिकामा समाहित भएको थियो।[] लेखनाथ मध्य नेपालमा अवस्थित पोखरा उपत्यकाको प्राय: २८ डिग्री ०५" उत्तरदेखि २८ डिग्री १२" उत्तरी अक्षांश र ८४ डिग्री ०८" पूर्वी देशान्तर समथर भागमा रहेको प्राकृतिक सौन्दर्ययुक्त क्षेत्र हो। समुद्र सतहबाट ४९० मिटर उचाइमा रहेको कोत्रे देखि १,२१७ मिटर कोटवारी (सिरानडाँडा) सम्म फैलिएको यस क्षेत्रले पोखरा उपत्यकाको दक्षिण पूर्वी किनारामा प्राय: ठूलाकोटको फेदमा अवस्थित सात ताल समेत १२३.११ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। वि.सं. २०७३ फाल्गुन २२ मा लेखनाथ नगरपालिका र पोखरा उपमहानगरपालिका गाभिएर पोखरा महानगरपालिका बनेपछि यो वर्तमान समयमा पोखरा महानगरपालिकाको एक बजार क्षेत्र हो।

कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल यसै नगरपालिकाको अर्घौ अर्चलेमा पर्ने भएकोले नेपाल अधिराज्यमा नै साहित्यिक श्रष्टामा नामबाट गठित एउटै मात्र नगरपालिका लेखनाथ नगरपालिका रहेको थियो।[] यस नगरलाई सात तालको बगैंचा सहर भनिन्छ।[][] कास्की जिल्लाका तत्कालीन राखी, लेखनाथ, शिशुवा र वेगनास गाविसलाई मिलाएर वि.सं. २०५३ माघ ११ गते यो नगरपालिका घोषणा भएको थियो। वि.सं. २०५३ सालमा नगरपालिका घोषणा भएपछि त्यसको एकवर्षपछि भएको नगरपालिकाको निर्वाचनमा शालीग्राम पौडेल र गोपालमान गुरुङ निर्वाचित पहिलो नगर प्रमुख र उपप्रमुख भएका थिए। तत्कालिन राजा ज्ञानेन्द्रको शासनकालमा विष्णुप्रसाद पोखरेल र मोहनराज वस्नेतलाई करिब सात महिनाका लागि नगर प्रमुख र उपप्रमुखमा मनोनित गरिएको थियो।

भौगोलिक स्थिति

[सम्पादन गर्नुहोस्]

लेखनाथको कुल क्षेत्रफल १२६.०४ वर्ग किलोमिटर रहेको छ। लेखनाथ नगरक्षेत्र समुद्र सतहबाट ४९० देखि १,२१७ मिटरसम्मको उचाइमा फैलिएको छ। काठमाडौँबाट १९० किलोमिटर पश्चिम र पोखराबाट १० किलोमिटर पूर्वमा रहेको लेखनाथ क्षेत्र पहाड, समथर भू-भाग, थम्काथुम्की र ताल तथा नदी निर्मित भू-भागको समिश्रणस्थल हो। तालैतालको जिल्ला भनेर चिनिने कास्की जिल्लामा रहेको सात तालको बगैंचा सहरको उपनामले परिचित यस नगर क्षेत्रमा पहिले बेगनासरूपामैदीदिपाङखास्टे तालन्युरेनी र गुँदेसमेत गरी सातवटा सुम्य ताल रहेका छन्।

धार्मिक तथा पर्यटकीय स्थलहरू

[सम्पादन गर्नुहोस्]

लेखनाथ बजार क्षेत्रमा ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू गोरखनाथ मन्दिर, राधाकृष्ण मन्दिर हुन भने बेगनास ताल, रूपा ताल लगायत ७ वटा ताल, सुन्दरी डाँडा आदि प्राकृतिक पर्यटकीय स्थलहरू रहेका छन्।[]

यस क्षेत्रमा दश हजार घरधुरीको बसोबास रहेकोमा ७१,४३४ जनसङ्ख्या छ। शिशुवा यस क्षेत्रको मुख्य मुख्य व्यापारिक केन्द्र रहेको थियो। लोपोन्मुख अवस्थामा रहेको जलाहारी, गन्धर्व र कुमाल जाति पनि यस क्षेत्रमा बसोबास गर्दछन्।

जलहारीले तालमा माछा मार्ने, गन्धर्वले गीत गाउने र कुमालले माटाका भाँडाकुँडा बनाएर जीविका चलाउँछन्।[] यस क्षेत्रको आर्थिक क्रियाकलापमा कृषि, सेवा, व्यापार र उद्योग मुख्य छन्। नगरपालिका भएपनि बहुसङ्ख्यक जनताको मुख्य आर्थिक क्रियाकलाप कृषि हो। आर्थिक रूपले सक्रिय कुल जनसङ्ख्याको ८७ प्रतिशत जनता कृषिमा नै निर्भर छन्। यस क्षेत्रको ५३०३ हेक्टरमा खेती गरिन्छ। झिनुवा, जेठोबुढो, ज्याउदीखोले, जर्नेली, पहेंले, विरनफुल तौली, रकनी, मन्सारा, गौरिया, आँगा, नालढुङ्गो, रामसाली, घैयाआदि स्थानीय २१ धानको प्रजाति यहाँ लगाइन्छ।

Saturday, November 2, 2024

मेरो प्राण नआउदा घर

   मेरो प्राण नआउदा घर

-----------------------------

 मेरो प्राण नआउदा घर  !

धिक्कारै छ दशैं र तिहार !!

बालापनको संगी र साथी !

कहिले लाहुरे सोध्दछन दिन राति !!

घरको आफ्नै आटो र पिठो !

रोटी ढिडो गरको झन् मिठो !!

  मेरो प्राण नआउदा घर  !

धिक्कारै छ दशैं र तिहार !!

------------------१ -------------------------

सोधीराछन इष्ट र मित्र !

कहिले लाहुरे दिनलाई आशिष !!

वैली गयो टिका र जमरा !

बुढी आमा बगाउछिन दश धारा !!

 मेरो प्राण नआउदा घर  !

धिक्कारै छ दशैं र तिहार !!

--------२ ------------------------

बाल बच्चा नाना र चाचा ले  !

पिङ्ग खेल्दै बाबाको आशाले !!

खेल्ने बेला देउसी र भैलो !

अध्यारै छ पिढी र दैलो !!

 मेरो प्राण नआउदा घर  !

धिक्कारै छ दशैं र तिहार !!

-----३ -------------------------

सयपत्री फूल पनि वैलियो !

मालश्री धून पनि बन्द भो !!

झिलीमिली रमझम नि छैन !

देउसी गीत छमछम नि छैन !!

मेरो प्राण नआउदा घर  !

धिक्कारै छ दशैं र तिहार !!

--------------------४ ------------

    डा दीपक यात्री 

लेखनाथ -२७ , कास्की 

हाल : प्रमुख सूचना प्राबिधिक , 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर 

सम्पर्क फोन नं : ९८१३४५६३७४ 

रचना मिति : २०८१ कार्तिक १७ गते शनिबार (भाईटिका दिन )

Monday, October 28, 2024

बिरानो तिहार

    " बिरानो तिहार "


न गलामा फूलको माला, यसपालीको चाड !

न निधारमा टिका थाप्नु निधार छ उजाड !!

झल्को आउछ तेल लाएर, कपाल मुसारेको !

दिदी बहिनी सबै मिली टिका सजाएको !!


न गलामा फूलको माला, यसपालीको चाड !

न निधारमा टिका थाप्नु निधार छ उजाड !!

-------१ ------------------------------------

यसपालीको सयपत्री बारीमा नै झर्यो !

झिलीमिली दीप पनि नबल्ने नै भयो !!

गाई, गोरु, कुकुर , काग पनि पुजिएन !

यमराजको बाटो छेक्ने ओखर फोडीएन !!


न गलामा फूलको माला, यसपालीको चाड !

न निधारमा टिका थाप्नु निधार छ उजाड !!

---२ ----------------------------------

कोजाग्रत रातभरी रमाई  तास खेल्थ्यौ !

दिदी बहिनी भान्जीबाट सेलरोटी बन्थ्यो !!

अपूर्ण भो यसपाली तिहार सार्है खल्लो !

लक्ष्मी पूजा, लक्ष्मी दिवस पनि बिरानो भो !!


न गलामा फूलको माला, यसपालीको चाड !

न निधारमा टिका थाप्नु निधार छ उजाड !!

--------------३ ----------------------------

     (समाप्त)


डा दीपक यात्री 

लेखनाथ -२७ , कास्की 

हाल : प्रमुख सूचना प्राबिधिक , 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर 

सम्पर्क फोन नं : ९८१३४५६३७४ 

Saturday, August 17, 2024

मुटु चोर (लघुकथा )

                            "मुटु चोर"    (लघुकथा ) 


                रमेश संगीताको आनीबानी, रुपरंग, लवाई, खुवाई सबै चीजदेखि अति प्रभावित थियो। संगीता उसको हृदय र मानसपटलमा एउटा अमिट छाप बनेर बसेकी थिई।  संगीताको रुपरेखा र लवाई खुवाई पनि हुरुक्कै खालको थियो।  संगीताको चार कोशे झाडीजस्तो बाक्लो कालो कपाल, मृगको जस्तो ठूला ठूला र गाजलु आँखा, चन्द्रमाजस्तो हँसिलो मुहार, दारिमको फल जस्तो सलक्क मिलेको जीऊडाल , सुन्तलाको केस्रा जस्तो भरिलो ओठ, बारुले कम्मर, उठेका नितम्ब, अनार दाना दात साच्चिकै रमेशको आँखाको नानीमा हरदम घुमिरहन थाले।  यो क्रम बढ्दै जादा रमेशको नजर संगीताको नजरमा र संगीताको नजर रमेशको नजरमा आमने सामने र आदान प्रदान हुनथाल्यो। बिस्तारै दुबैका दुई आँखा मिलेर बेला बेलामा चार आँखा हुन थाले। 

          रमेश मन भरीको मायाप्रेम शब्दमा बोली मार्फत ब्यक्त गर्न चाहन्थ्यो तर सक्दैनथ्यो।  मुख खोल्न नपाउदै उसको मुटुको धड्कन बढ्थ्यो, दिल धर्मराउथ्यो , केही ब्यक्त गर्न सक्दैनथ्यो। 

     रमेश बढी भाबुक, काल्पनिक, ठट्टाबाज र रोमाञ्चित किशोर हो।  उसलाई क्रोध र रिसको मनस्थितिमा कहिल्यै भेटिदैन , भेटिहालिएछ भने पनि निरास र उदास मनस्थितिमा।  नत्र सधै हासीखुशी र प्रसन्न मुहार नै उसको पर्याय हो।  उता संगीता रुपले अति  सुन्दरी  छिन।  सायद राक्षस गण र सिंह राशी भएर होला, कसैले उनको बिरुद्द ओठ र अगुली मात्रै उठाईहाले पनि उनी मुखले कडा प्रतिक्रिया दिने मात्र हैन , हात खुट्टा जीऊ सबैले एकैचोटि प्रतिक्रिया दिन्छिन। एकदिन सबेरै सूर्योदय हुनैलाग्दा मर्निङ्गवाकको समयमा रमेश र संगीताको दुई दुई नयन  मिलेर चार नयन बनिदिन्छ। रमेशले आफ्नो श्वासलाइ बढाउदै, चेहरा अलिकति रातो पिरो पार्दै पहिलो पटक संगीता सामु आफ्नो मुख खोल्छ। 

 रमेश :  संगीता तिमीसंग एउटा कुरा खोलूँ ?

संगीता : एउटा हैन, दुई चार ओटै खोलन। संगीताले मुसुक्क मुस्कुराएर शालीन जबाफ दिन्छिन। 

रमेश : तिमीलाई देखेर मैले धेरै कुरा गुमाए।  रमेशले एकोहोरो संगीताको मुहारमा हेर्दै भन्छ। 

संगीता : गुमाए ! गुमाए !! त्यसमा पनि धेरै कुरा ?? संगीताले निधारमा गाठो पार्दै आश्चर्य र आक्रोशको प्रतिक्रिया दिईन । 

रमेश : हो त, तिमीलाई हेर्दा हेर्दै मैले सारा संसार भुल्छु।  तिमीले मेरो सारा संसार चोर्यौ ?  रमेशले एकोहोरो बोलिरह्यो। 

संगीता: चोर्यौ ? चोर्यौ ??  चोर्यौ ???  (अझै उत्तेजित हुदै ) मैले तेरो के चोरे ?।  मैले तेरो बाऊको के चोरे ?   तलाई चोर , त चोर कि म चोर ? 

त साले चोर , गधा, डाका, फटाहा, अपराधी ! मलाई चोरको कसूर कसरी लगाउने साहस गरिस ? ( उनी लगातार गालीको बर्षा बर्साउन थालिन। अरु तीन मिनट चोर शब्द दोहोर्याउदै तेहेराउदै नानाभाती सराप गर्न थालिन। ) 

रमेश न कुनै एक शब्द फर्काउछ , न अनुहारमा कुनै परिबर्तन नै देखाउछ।  संगीताले सराप्न अन्त्य भएजस्तो आभास पाएपछि अलि सानो स्वरमा बोलि फर्काउछ। 

रमेश : हो साच्चिकै तिमीले मेरो एकथोक चोर्यौ , त्यो हो मुटु चोर्यौ।  संगेता तिमीले मेरो मुटु चोर्यौ , दिल चोर्यौ , हृदय चोर्यौ।  रमेश प्रत्येक बोलीमा अरु गम्भीर हुन थाल्यो। 

संगीताले एकाएक छेपारोले रंग फेरे झैँ आफ्नो आक्रोशित मुहारलाई चन्द्रमा जस्तो हसिलो बनाइन अनि फूलको अङ्कुर जस्तै मुसुक्क  मुस्कुराउदै मलिन स्वरमा भनिन " हँ , साच्चिकै मुटु चोरे ! दिल चोरे !! हृदय चोरे !!!  कसरी तिमीजस्ता इमान्दार, कर्मठ र जेहेन्दार 

युवाको मुटु चोर्न सके  मैले ? 

  संगीताको मुस्कानमा दोब्बर मुस्कान भर्दै मलिन स्वरमा रमेशले बोली फर्काउछन : साच्चिकै तिमी रुपवती र अप्सराले म कुरुपको नानीमा अटाएर मुटु चोर्यौ , रातको नीद हर्यौ, दिनको प्यास चोर्यौ। 

 संगीता लामो खुशीको स्वास तान्दै प्रसन्न मुद्रामा भन्छिन : हे प्रभु ! मेरो भाग्य , तिम्रो मुटु चोर्नुभन्दा दुइटा मुटु एउटै भए , न चोर्नुपर्थ्यो , न त हर्नुपर्थ्यो। 

  रमेश र संगीता दुवैको अनुहारमा  एउटै  भाव , उस्तै मुस्कान !

   भनिरहनु नपर्ला, आखिर यी दुई मुटुहरु लगन गाठोमा बाधिएर अन्तत: एक ढिक्का श्रीमान श्रीमती बनेका छन। 

                                   (समाप्त )


              (समाप्त )


डा दीपक यात्री 


  लेखनाथ -२७ , कास्की 


हाल : प्रमुख सूचना प्राबिधिक , 



नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर 


सम्पर्क फोन नं : ९८१३४५६३७४ 

ई-मेल :

Saturday, June 15, 2024

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी

 जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी


आमाले तानमा गुन्द्री बुन्दै गर्दा 

मैले देश बुनिदै गरेको  देखेको छु। 

बाबाले डोको बुन्दै गर्दा 

मैले शान्ति र समृद्ध  बुनिदै गरेको भेटेको छु। 

हली बाले खेतको गरा जोत्दै गर्दा 

मैले देश उर्वर भएको देखेको छु। 

खेताला दिदीले धानको बीऊ रोप्दै गर्दा 

मैले राष्ट्रियता रोपिएको  देखेको छु। 

बाऊसे दाईले खेतबारी खन्दै गर्दा 

मैले बिकासको आली लगाइएको देखेको छु। 

--------------१ ---------------------------

मलाई त अझै,

चुहिने पालामा धीप धीप गरेर 

बाले झैँ लाग्छ यो देशको स्वाभिमान। 

पुषको जाडोमा थरथर गरेर 

कापे झैँ लाग्छ यो देशको राष्ट्रियता। 

चैतको खडेरीमा तपतप पसिना चुहाएर 

निथ्रुक्क भए झैँ लाग्छ यो देशको अखण्डता । 

----------------------२ -----------------------------

बस नेपाल आमा,

 मलाई एउटा प्रकाशरुपी टुकी देऊ 

विश्वासका पालाभरी तेल थप्दै पानस सल्काउनुछ यो देशको स्वाभिमान। 

मलाई पौरखी हातसंगै च्यांग्राका ऊन  देऊ 

प्रेमको गलबन्दी र स्वीटरले न्यानो पार्नुछ यो देशको  राष्ट्रियता। 

मलाई पुष्पमाधुर्य सहितको सिरसिरे बायु देऊ 

शीतल र स्वच्छ पार्नुछ यो देशको अखण्डता। 

------------------३ ---------------------------------

हुन त !

यो देश भित्र मात्र मान्छे हैन 

मान्छेभित्र पनि देश अडेको हुन्छ। 

यो शरीरभित्र मात्र मुटु हैन 

मुटुभित्र राष्ट्रियता पनि जोडेको हुन्छ। 

त्यसैले त,

आखाँभरी फलाउनुछ समृद्धिको सपना 

छातिभरी सजाउनुछ राष्ट्रियताको कल्पना 

जागौ ,

उठाऔ धरतीको एकमुठी माटो 

र खाऔ  माटोको किरिया 

"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी"

---------------------४ --------------------------

     (समाप्त) 

शृजना मिति : जून १५ २०२४ /आषाढ १ गते २०८१ 

Sunday, June 9, 2024

हिमाल हाम्रो शिरको टोपी, पहाड मुटु हो !

 हिमाल हाम्रो शिरको टोपी :

हिमाल हाम्रो शिरको टोपी, पहाड मुटु हो !

तराई हाम्रो आँखाको नानी, मन र मुटुको !!

कोइली गाउछ, मयूर नाच्छ, बन र बारीमा !

कस्तुरी मृग दौडेर खेल्छ, चारकोशे झाडीमा !!

हिमाल हाम्रो शिरको टोपी--------------------

तराई हाम्रो आँखाको नानी--------------------

  -------------१ ------------------------------

मनमा मेरो त्रिशुली बग्छ, दिलमा कर्णाली !

मुटुमा मेरो फेवा र रारा, घुम्दछ फरफरी !!

छातिमा मेरो नेपाल देश, मुटुको ढुकढुकी !

काखीमा मेरो हिमको पर्बत, अडिन्छ बेसरी !!

हिमाल हाम्रो शिरको टोपी--------------------

तराई हाम्रो आँखाको नानी--------------------

------------२ -------------------------------

म हास्छु मेरै गुराँससंगै , पहाड झलल !

म बग्छु मेरै गण्डकीसंगै , सम्झना सलल !!

भृकुटी सीता बिभूती हाम्रा, देशको शान हो !

जनक बुद्द यो मातृभूमी, पवित्र ज्ञान हो !!

हिमाल हाम्रो शिरको टोपी--------------------

तराई हाम्रो आँखाको नानी--------------------

---------३ -------------------------------

धानको बाला सुन झैँ झुल्छ, चादी झैँ हिमाल !

चन्द्र र सूर्य नेपाली झण्डा, फर्दछ फरर !!

लेक र बेशी डाडा र पाखा, पहाडी बाटोमा !

पसिना भिज्छ, पौरखी काढ्छ, नेपाली माटोमा !!

हिमाल हाम्रो शिरको टोपी--------------------

तराई हाम्रो आँखाको नानी--------------------

--------------४ -----------------------------

    (समाप्त )

डा दीपक यात्री 

लेखनाथ -२७ , कास्की 

हाल : प्रमुख सूचना प्राबिधिक , 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर 

सम्पर्क फोन नं : ९८१३४५६३७४ 

Wednesday, June 5, 2024

राष्ट्रिय गीत लेखन :

 चाहिँदैन धनदौलत चाहिँदैन सुख

मलाई मेरै चोखो राष्ट्र नेपाल भए पुग्छ


हिमाल, पहाड, तराई र महाकाली, मेची

अखण्ड यो राष्ट्र मेरो पुग्छ भए यति


देउराली र भञ्ज्याङ अनि झरनाको पानी

फाँट, टार, लेकबेँसी, वनजंगल र खानी


होस्टे गर्दा हैँसे गर्ने हात भए पुग्छ

नेपाललाई नेपालीको साथ भए पुग्छ


कञ्चनजङ्घा सगरमाथा हिमालहरु हाम्रो

बुद्ध हाम्रो जनक हाम्रो संस्कृति झन् राम्रो


जातजाति भाषाभाषी चाडपर्व राम्रो

अद्वितीय वीरता र स्वाभिमान हाम्रो


हिमालझैँ मुहार छ चन्द्र सूर्य टीका

मलाई मेरो नेपाल प्यारो लाग्छ अरु फिका


तराईको हरियो सारी पहाडको चोली

जहाँ रहे पनि सुन्न पाऊँ नेपालीकै बोली


तीन करोड नेपालीको बनोस् एउटै सोच

देशको मुहार हँसाउन झिक्नुपर्छ जोस


श्रम लाऊ सीप लाऊ तन मन लाऊ
जय जय नेपालको एउटै गीत गाऊ
-----------------------
गीत: हाम्रो देश, हाम्रो गर्व
अन्तरा १:
हाम्रो देश नेपाल, हाम्रो प्यारो मातृभूमि,
सगरमाथाको शिखर, हिमालको सुन्दर भूमि।
सुनौलो र सुकिलो, हरियालीले भरिपूर्ण,
जनताको एकता, हाम्रो राष्ट्रिय सम्पत्ति।
--------------------------------
अन्तरा १:
हरेक पाइलामा, हाम्रो देश छ, हाम्रो गर्व
सगरमाथाको शिखरमा, उँचो हाम्रो राष्ट्र चढ्छ
पानीको धारामा, हिमालको शीतलता
हाम्रो देशको माटोमा, सुनमा जस्तो उर्वरता

कोरस:
हाम्रो देश, हाम्रो गर्व
नेपालीको मनमा, सधैं छ बलब
राखौं सधैं एकता, एक नेपाली हामी सबै
सपना हाम्रो, उज्यालो बिहानीले सजाउने

अन्तरा २:
लुम्बिनीको भूमि, शान्तिको प्रतिक यहाँ
गौतम बुद्धको सन्देश, संसारभरि जान्छ यहाँ
तराईको हरियाली, पहाडको कडा पत्थर
हाम्रो देशको सौन्दर्य, संसारभरि फैलिन्छ

कोरस:
हाम्रो देश, हाम्रो गर्व
नेपालीको मनमा, सधैं छ बलब
राखौं सधैं एकता, एक नेपाली हामी सबै
सपना हाम्रो, उज्यालो बिहानीले सजाउने

अन्तरा ३:
सगरमाथाको छायाँमा, हिमालको गर्व
भोजपुरको याक र, पोखराको ताल
मकवानपुरको इतिहास, काठमाडौंको सम्पदा
हाम्रो देशको विविधता, छ अपूर्व अद्भुतता

कोरस:
हाम्रो देश, हाम्रो गर्व
नेपालीको मनमा, सधैं छ बलब
राखौं सधैं एकता, एक नेपाली हामी सबै
सपना हाम्रो, उज्यालो बिहानीले सजाउने

अन्तरा ४:
मातृभूमिको माया, सधैं रहिरहोस् हाम्रो मनमा
देशप्रेमको भावना, सधैं बलियो रहोस् हामीमा
हाम्रो देशलाई राखौं, सधैं अघि बढाउँदै
नेपालीको शान, सधैं रहोस् गुञ्जाउँदै

कोरस:
हाम्रो देश, हाम्रो गर्व
नेपालीको मनमा, सधैं छ बलब
राखौं सधैं एकता, एक नेपाली हामी सबै
सपना हाम्रो, उज्यालो बिहानीले सजाउने

सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भइ फैलिएका, मेचि-माहाकाली
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरुका रगतले, स्वतन्त्र र अटल
ज्ञानभूमि शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल

बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल
----------------------------------------
शब्दः प्रतीक्षा पाण्डेय

मेरो देश

शिरमा हिमाल मुटु पहाड र काखमा तराई राखौला
सत्यको बाटो हिड्नलाई चन्द्र र सुर्य भाकौला
मरे सहिद हुनेगरी यो देशकै लागि बाचौला
लालिगुरास झै फुली मयुरजस्तै नाचौला - ।।

गरिब देशमा जन्मियौ मान्दैनौ यसमा कत्ती पिर
देश कै लागि परिआए चढाउन सक्छौ आफ्नै शिर
नराखौ जातभात यो गरौ सबलाइ बराबरी
नेपाली हौ सबै हामी नेपालका छोराछोरी - ।।

कुरिती उखेली अब ती ज्ञानको बीउ छर्नु छ
नेपाल अमर बनाउनलाई केही त काम गर्नुछ
जबसम्म दिनमा सुर्य रातमा चन्द्र छाइरहोस
तबसम्म यो मनमा जय जय नेपाल आइरहोस - ।

सुजन्म यो मनाइयो ! (anantaram Neupane)

 हिजो बेलुका

अरूहरूजसै गरी न कार्ड साटियो कतै
सिकेर पश्चिमी कुरा न केक काटियो कतै
न टोप लाइयो बुचे न मैन नै निभाइयो
नाक बीचमा टिको पिठो दलेर लाइयो !
न जन्तु मारियो कुनै न रक्त, मांस खाइयो
अनेक शिष्य साथमा सँगै बसी रमाइयो
भवन्तु सर्वमङ्गलम् भनेर गीत गाइयो
र मित्र मेघनाथको सुजन्म यो मनाइयो !

--------------------Anantaram Neupane

Tuesday, May 28, 2024

नेपालको गीत

 भैरवी भूगोल

ओढेर एक डँडाल्नो घाम
खाएर एक फाँको हावा
बाँचिरहेछ
यो घामपानीको जीवन ।
थाहा छैन कुन धातु
सक्रिय छ मभित्र
र उच्चानुभूति गरिरहन्छु
म आफूमा ।
लाग्छ–
तराईको फाँटजस्तै
फराकिलो बनाइदिऊँ–
मानिसको छाती,
सगरमाथाजस्तै उच्च बनाइदिऊँ
नेपालीको शिर,
ज्ञान–विज्ञानको माटोले
भरिपूर्ण बनाइदिऊँ
मानिसहरूको मस्तिष्क
र त्यहीँबाट उमारौँ
समानताको बिरुवा
विकास गरौँ–
मानव समाजको
विभेदरहित अध्याय ।
समस्त मानव जीवनहरूमा
भरिदिऊँ इन्द्रेणीका रङहरू,
कहिल्यै नदुख्ने बनाइदिऊँ
अस्ताउन लागेका
घामहरूका देब्रे छाती
र हरेक रात गस्तीमा निस्किँदा
नभेटियून्
आकाश ओढेर
धर्ती ओछ्याइरहेकाहरू ।
सबैलाई टन्न अघाइदिऊँ
कसैको नखोसीकन,
सबैलाई बराबर उठाइदिऊँ
कसैलाई नहोच्याईकन,
कहिल्यै नदुखून् खाडीमा
श्रमका क्यालकुलेटरहरू
र पूरै सफा बनाइदिऊँ
झन्डा मैलाइरहने
धुलाम्य सडकहरू ।
युगौँदेखि नक्साको साक्षी बसिरहेको सूर्य
उस्तै उदाइरहोस् अनन्तसम्म
विशाल नेपालको फलकमा,
सङ्गच्छध्वम् संवदध्वम्
शिरोपर गरेर
जपिरहौँ चरैवेतिको मन्त्र
निर्माण गरौँ समृद्ध नेपाल ।
अनि
नेपाली मन, पहिचान बोकेर
समतामूलक समाजमा
स्वतन्त्रतापूर्वक बाँचिरहून्
मेरा सन्ततिहरू
गाइरहून् नेपालको गीत
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।

(नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित
कविता महोत्सव २०७७ मा प्रथम कविता )  

नेपाली स्वदेश गान

 https://www.youtube.com/watch?v=Evw246e77zs


Monday, May 27, 2024

आज मे २८ गते ! विश्व रक्त क्यान्सर दिवस (world Blood Cancer Day)

 आज मे २८ गते ! विश्व रक्त क्यान्सर दिवस (world Blood Cancer Day)

यो दिवस विश्वभरी रक्त क्यान्सर बिरुद्द बिबिध जनचेतनामुलक कार्यक्रम गरी मनाउने गरिन्छ ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका हेम्याटोलोजी विभागीय प्रमुख, कन्सल्टेन्ट क्लिनिकल हेम्याटोलोजिस्ट ड़ा अमित श्रेष्ठ (Amit Shrestha) भन्नुहुन्छ :
पहिला नेपालमा ब्लड क्यान्सरको उपचार असम्भब मानिन्थ्यो भने अहिले हेम्याटोलोजी क्षेत्रमा आधुनिक प्रविधिको विकास भएसंगै विभिन्न किसिमका ब्लड क्यान्सरका रोगहरुको गुणस्तरीय उपचार नेपालमै सम्भव हुनथालेको छ। प्रारम्भिक चरणमै निदान , परिक्षण र उपचार हुन सकेमा ब्लड (रक्त) क्यान्सरका बिरामीहरुले पनि एउटा स्वस्थ जीवन बिताउन साथै आममानिस जस्तै दैनिक जीवन यापन गर्न सक्छन।
ब्लड (रक्त) क्यान्सर बारेमा हाम्रो समाजमा अझै पनि जन चेतनाको कमि छ। त्यसैले ब्लड (रक्त) क्यान्सरका लक्षणहरुको बारेमा समयमै जानकारी हुन जरुरी छ।
कसैलाई ज्वरो आइराख्ने ,छालामा रातो वा नीलो दाग धब्बा देखिएमा ,नाक गिजाबाट रगत बग्ने, गल्ने थाक्ने, चक्कर लाग्ने, जोर्नी तथा हड्डी दुख्ने , शरीरका भागहरुमा गीर्खागीर्खीहरु आउने र फियो कलेजो सुन्निने समस्या देखिएमा यो ब्लड क्यान्सरको लक्षण हो कि भनेर समयमै हेम्याटोलोजिस्टसंग परामर्श गर्नुपर्ने हुन्छ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर (Nepal Cancer Hospital & Research Center ) हेम्याटोलोजी बिभाग आज ब्लड (रक्त) क्यान्सर डे का दिन शंकास्पद लक्षण देखिए तुरुन्तै निदान र उपचार गर्न अनुरोध गर्दै सबैलाई रक्त क्यान्सर बिरूद्ध लड्न र एक्यबद्दता जनाउनुहुन हार्दिक अनुरोध गर्दछ।

Saturday, March 30, 2024

तीजको लहर हैन बरी , तीजैको रहर नाचौ बरीलै !

 तीजको लहर हैन बरी , तीजैको रहर नाचौ बरीलै !

------------------------ ---------------------------

भदौरे झरी त्यो चिप्लो बाटो , लड्दै नि आइयो नि !

डाडा र काडा चार भन्ज्यांगदेखि, हिडदै आइयो नि !!

खोला र नाला जंघार तर्दै, रुझदै आइयो नि !

माइतीको आँगन बाबाको घर, सम्झेर आइयो नि !!


तीजको लहर हैन बरी , तीजैको रहर ---------- !

------------------------१  -----------------------

दिनो न स्वामी रातोमा चुरा, फूलबुट्टे सारी नै !

दिनो न स्वामी कानैमा झुम्का, ओठमा लाली नै !!

त्यो बालपन खेलेको चौर, खेल्नलाई आइयो नि !

त्यो बालसखा खेलेका साथी, सम्झेर आइयो नि !!


तीजको लहर हैन बरी , तीजैको रहर ---------- !

-----------------२  ---------------------------------

ठोकौंन मादल दिदी र बहिनी, फुटोस खरी नै !

नाचौन नाच साथी र संगी, घन्कियोस माईती नै !!

शिवको लिङ्ग गरेर पूजा, स्वामीको आयुलाई !

बसेर ब्रत गाएर गीत, मनाऔ तीजलाई !!


तीजको लहर हैन बरी , तीजैको रहर ---------- !

------------३  ------------------------------------

जाम्लानी माइत खाम्लानी दर, माइतीको पिढीमा !

बीस बर्षे जुग बितेको घर, छाती र मुटुमा !!

भदौरे भेल बर्षाको झरी, माईतीको बाटोमा !

खोला र नाला जंघार तर्दै, त्यो रातो माटोमा !!


 तीजको लहर हैन बरी , तीजैको रहर ---------- !

तीजको लहर हैन बरी , तीजैको रहर ---------- !

तीजको लहर हैन बरी , तीजैको रहर ---------- !


-------------४  ------------------------------------

             (समाप्त )

  श्रष्टा: डा दीपक यात्री 



Sunday, March 24, 2024

बुवाप्रति श्रद्दान्जली : (छन्द: झ्याउरे )

 बुवाप्रति श्रद्दान्जली :   (छन्द: झ्याउरे )


कालिका गाऊ सापकोटाबारी, कासकी जिल्लामा !

जन्मेथे एक समाजसेवी, पहाडी भूमीमा !!

असाध्यै थिएँ मिहिनेती उनी, खेती र कृषिमा  !

कोदाली खन्थे बन्चरो हान्थे, बालकै कालमा !!

------------१ --------------------------------

खेत र बारी  पाखो र टारी, गरेर चलन !

पुर्खाको माटो जोत्दै र खन्दै, जहान पालन !!

भाई र बहिनी पढाइ गर्थे, स्कूल गएर !

स्कूले शुल्क जुटाउने गर्थे, बाऊसे गएर !!

----------२------------------------------

कहिले स्कूल कहिले खेती, दुईटै धानेर !

प्रा बि को शिक्षा हासिल गरे, घरमै बसेर !!

गोर्जेमा थियो माध्यमिक स्कूल दुई कोश पर्तिर !

तैपनि भर्ना भएका थिए , मिलाई अवसर !!

------३ ----------------------------------

ठूलाकोट डाडो चारकोश पर, पोखरा शहरट !

तैपनि गर्थे लेखा र पढी, ओहोरो दोहोर !

कालोमा कलम घुमाउदै लेख्थे, नेपाली कागज !

लाल र पुर्जा कपाली तमसुक, पोखरा मालपोत !!

-------------------४ ------------------------------

समाजसेवा गर्नको निम्ति वडामा निर्बाचित !

घर र टोल धारो र पानी, लगाव रातदिन !!

बाटो र  खन्न स्कूल बन्न, दिएथे दिलोज्यान !

कालिका मन्दिर, सार्कीको मैदान उनैको योगदान !

-------------५ ---------------------------------

बाह्रमा मात्रै रोपनी थियो , पैतृक सम्पती !

खरको छानो, माटोको घर, पिताको दौलती !!

एक हल गोरु पालेर गर्थे , रोपाई मारामार !

रोपेर मानो धानको खेती, बीस र मुरी धान !!

----------------६ --------------------------

बाबाको बुद्दि बर्कत तीक्ष्ण, चलाख बुद्दिले !

साठीको बढी रोपनी जग्गा, जोडियो खुबीले !!

चारतले घर तालचोकतिर ठडियो पक्किघर !

घडेरी मात्रै जोडिन पुगे, पाचवटा एकैवार !!

---------७ ----------------------------------

दुइटा छोरा, तिनोटी छोरी नाति र नातीना !

पढाई लेखाई सकेर सबै गर्दैछन गुजारा !!

तिमरो बाबा आत्मामा शान्ति , बैकुण्ठ बासन !

सायुज्य मिलोस पार्थिव आत्मा, स्वर्गको आसन !

------------८-----------------------------------------

          (समाप्त )

Saturday, March 23, 2024

फाल्गुण पुर्णिमा (होली )को शुभकामना

 

फाल्गुण पुर्णिमा (होली )को शुभकामना

नेपालीहरुको महान पर्ब फाल्गुण पुर्णिमा (होली )को सु -अवसरमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरु ,कर्मचारी मित्रहरु,हामीलाई सधै प्रेरणा र साथ दिने संचालक समिती सदस्यज्यु हरु, सेयर सदस्यज्युहरु  र उहाँहरुको परिबारहरुलाई नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर  ब्यबस्थापनको तर्फबाट  हार्दिक शुभकामना व्यक्त गर्दछु। साथै कोरोना र अन्य  सङ्क्रमणको  अझै पूर्ण रूपमा नियन्त्रण भई नसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरूलाई अवरोध नहुने गरी मर्यादित रूपमा होली पर्व मनाउन अनुरोध गर्दछु।  

 

   --प्रार्थी डा सुदिप श्रेष्ठ , कार्यकारी अध्यक्ष , नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

बसन्त ऋतुको बारेमा

   बसन्त ऋतुको बारेमा 

बिरुवाले फेर्ने पालुवा, प्रकृतिको हरियाली रूप, पारिलो घाम अनि जाडोको बिदाइ त्यसपछि त मन त्यसै चंगा हुन्छ वसन्त ऋतुमा ।


प्रमोद खरेल, गायक 


वसन्त ऋतुमा नयाँ पालुवा पलाउँछ, सबैतिर हरियाली हुन्छ । हरियाली भएपछि मन त्यत्तिकै दंग पर्छ । 


अनु शाह, अभिनेत्री 


वसन्त ऋतुमा प्रकृतिको बहार आउँछ । यो सबैभन्दा राम्रो, रमाइलो र मनमोहक ऋतु भएको हुँदा यसलाई सबैले मन पराउँछन् । 


अम्बिका गुरुङ, गीतकार 


प्रकृतिले पालुवा फेर्ने भएकाले जीवनमा नयाँपनको आभाष हुन्छ, नयाँ जोस–जाँगर आउँछ । 


हिमानी सुब्बा, कोरियोग्राफर 


मनै आनन्दित तुल्याउने हरियाली वातावरण र पारिलो घाम अनि सित्तल मौसम नै यो ऋतुको सुन्दरता हो । फूपू तेन्जिङ शेर्पा, फेसन उद्यमी 


मौसम नै रमाइलो हुन्छ, न जाडो न गर्मी । जताततै हरियाली देखिन्छ । मन चंगा हुन्छ । छोटा कपडा लगाएका सुन्दर युवतीहरूको चअलपहल बढ्छ । मौसम र वातावरणले गर्दा काम गर्ने जाँगर 


पनि चल्छ । 


कुवेर गिरी, सञ्चारकर्मी


हल्का कपडा लगाएर हिँड्न पाइन्छ, कम्फर्टेबल फिल हुन्छ । 


युवराज चौलागाईं, गायक


वसन्त ऋतु भन्ने बित्तिकै म सरस्वती पूजा (श्री पञ्चमी) लाई सम्झन्छु, जसमा बालबालिकाहरूको अक्षराम्भ गरिन्छ । यति बेला बोटबिरुवा एवं फूलहरूमा नयाँ पात पलाउँछ, जुन एकदमै सुन्दर र मनमोहक देखिन्छ ।


लक्ष्मण महर्जन, अधिवक्ता


कोइलीको कुहु– कुहु र काफल पाक्यो चरीको सन्देश । फूल अनि हरिया रूखहरू, उमंग दिने समय, नयाँ क्यालेन्डर,नयाँ उत्साह र अठोट...यिनै हुन् वसन्त ऋतुका सुन्दर पक्ष । 


दिनेश डिसी, रेडियोकर्मी 


सफा आकाश, नयाँ पालुवा, सुन्दर फूल अनि नयाँ वर्ष । 


निर्मला ढकाल, समाजशास्त्री


वसन्त ऋतुको सुन्दर पक्ष प्राकृतिक सुन्दरता नै हो । वसन्तमा बहार आउँछ, न गर्मी न चिसो ठिक्कको मौसम । यतिबेला प्रकृतिले पनि काँचुली फेर्छ । सबैभन्दा राम्रो, रमाइलो र मनमोहक ऋतु हो यो । 


आर्यन अधिकारी, सह–निर्देशक


पुरानो पालुवाको ठाउँमा नयाँ पालुवाको आगमन, आरुको फूलले मन लोभ्याउँछ । नयाँ सोच, नयाँ कामको सुरुवात आदि नै वसन्त ऋतुको सुन्दर पक्ष हो ।


आलोकश्री, संगीतकार 


वसन्त ऋतुमा न जाडो, न गर्मी । यो मौसम सबैलाई मनपर्छ । पुराना पातहरू झरेर नयाँ पालुवा लाग्ने ऋतु । उत्साह र उमंगको संकेत गर्ने ऋतु । सांगीतिक दृष्टिले भन्नुपर्दा कोयलीको गीत सुन्न पाइने ऋतु । 


इतु जोजिजू, गायिका 


नयाँ उमंगसँगै नयाँ पालुवा हालेका वृक्षहरू ।


निशु ढकाल, गायिका 


झरेका पातहरूमा नयाँ मुना पलाउने हरियाली ऋतु अनि फूलैफूलको मौसम । 


अमर तण्डुकार, गायक 


रूखमा पालुवा पलाउँछ, हरियाली प्रारम्भ हुन्छ अनि मौसम रमाइलो हुन्छ । 


उमेश खड्का, कलाकार 


नयाँ पालुवा लागेका रूख, जताततै हरियाली चरा–चुरुङ्गीको मधुर धुन, लाली–गुराँसले सजिएका वन–पाखा, रुखो मनमा उमंग–उत्साह छाउने ऋतु–वसन्त ऋतु ।


अनिता आचार्य, अभिनेत्री 


मलाई सबैभन्दा मनपर्ने ऋतु नै वसन्त हो । यो ऋतुको सुन्दर पक्ष भनेको बोटबिरुवाले नयाँ पालुवा फेर्नु हो । यतिबेला जताततै हरियाली हुन्छ । 


विपना थापा, मोडल 


रमाइलो जोस अनि नौलो उमंग नै वसन्त ऋतुको रमाइलो पक्ष हो । वसन्त ऋतुमा प्रकृतिले पनि नयाँ रूप लिन्छ भने चरा–चुरुंगीदेखि मानव जीवनमा पनि रमाइलो अनुभव गराउँछ । त्यसैले पनि वसन्त ऋतु, ऋतुहरूमध्ये सबैभन्दा रमाइलो ऋतु मानिन्छ । 


अभिनाष घिसिङ, गायक 


हरेक नयाँ पालुवाको आगमनसँगै हामीमा एक प्रकारको उमंग छाउँछ । 


सङ्गराग बराइली, गीतकार 


म संगीतप्रेमी परें, त्यसैले कोइलीको कुहु–कुहुले आकर्षित हुन्छु । प्रकृतिको हरभरा रूप यो ऋतुको अर्को सुन्दर पक्ष हो । 


सिर्जना कार्की, गायिका 


वसन्त ऋतुको सुन्दर पक्ष न धेरै जाडो न धेरै गर्मी हुने रोमान्टिक मौसम र हरियाली नै हो । 


भावना गुरुङ, अभिनेत्री 


मलाई वसन्त ऋतुको राम्रो लाग्ने पक्ष हरियाली अनि पारिलो घामका साथै हल्का चिसो हावा हो । यो मौसमले नयाँ वर्षको आभाषसमेत गराउँछ । 


हिमाल सागर, गायक


जब–जब बिरुवामा पालुवा पलाउँछ, त्यसको सुन्दरता मलाइ सार्है मनपर्छ । 


अर्जुन अधिकारी, निर्देशक 


चारैतिर हरियाली अनि फुलैफूलको मौसम, बोटबिरुवामा नयाँ पालुवा पलाउनु अनि न चिसो न त्यति गर्मी ।


सञ्जय श्रेष्ठ, गायक 


हरियाली दृश्य, मनमोहक सुन्दरता एवं रमणीय वातावरण नै यो ऋतुको सुन्दर पक्ष हो । 


आशिष सचिन, गायक 


वसन्त ऋतु रङ्गीबिरङ्गी फुल फुल्ने मौसम हो । त्यसकारण यो समयमा एकदम सकारात्मक ऊर्जा सञ्चार हुन्छ अनि यो मौसममा दिन लामो हुन्छ । मलाई त्यो पनि राम्रो लाग्छ ।


श्री पाण्डे, समाचारवाचिका


हरियाली वातावरण रमाइलो लाग्छ । मौसम पनि आनन्दको हुन्छ । कोइलीको गीत गुञ्जन्छ, हावामा एक प्रकारको मस्ती हुन्छ जसले मनलाई तरंगित तुल्याउँछ । 


स्वेच्छा केसी, मोडल


सुकेको बोटमा नयाँ, ताजा पालुवा पलाएको देख्न पाइन्छ । 


विजया कार्की, रंगकर्मी 


हरियाली तथा फूल मन नपर्ने मानिस बिरलै पाइएलान् । वसन्त ऋतुलाई ऋतुहरूको राजा पनि भनिन्छ । चारैतिर हरियाली अनि फुलैफूलले सजिएको सुन्दर प्राकृतिक दृश्य देखिनु नै यो ऋतुको सुन्दर पक्ष हो । दु:खपछि पाइने सुख झैं शिशिर ऋतुको उजाडतापछि यो मन नै फुरुङ्ग पार्ने वसन्त ऋतु प्रकृतिको एउटा सुन्दर उपहार हो ।


बानिका प्रधान, गायिका 


मलाई साह्रै मनपर्छ यो ऋतु । आफूलाई मनपर्ने रंग पनि हरियो नै भएकाले मलाई यो ऋतु आउने बित्तिकै फोटो खिच्न मन लाग्छ । 


सुलेमान शंकर, इकु, अभिनेता


प्रकृति र मानिसको सम्बन्ध एकदम नजिक छ । मलाई हरेक दृष्टिले यो मौसम एकदम प्रिय लाग्छ, रंगहरू फेरिन्छन् । एक किसिमको मिठो वासना फैलिन्छ वातावरणमा । चारैतिर रमाइलो हुन्छ । रंगीबिरंगी फूलहरू फूल्छन्, नयाँ पात पलाउँछन् । 


दुर्गा खरेल, गायिका


प्रतिक्रिया


हाम्रो छनोट

 

कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

 

गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

 

निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

 

राइडरलाई रोजीरोटीकै समस्या

 

सधैँ सडकमा



https://saptahik.com.np/gossip/2019/02/18/20190217150628

Monday, March 18, 2024

रुखा बचनका सबै बाणहरु भूलिदिन्छु म

 तिम्रा रुखा बचनका सबै बाणहरु भूलिदिन्छु म !

तातो बालुवामा पनि लहराउदै फुलिदिन्छु मा !

आगो पिउदा पिउदै बानि परिसक्यो अब  त !

तिमीले जहरै दिए पनि हासी हासी निलिदिन्छु म !!

------------हरिदेबी कोइराला 

Tuesday, February 27, 2024

बाबाप्रति श्रदान्जली

 " बाबाप्रति श्रदान्जली"

एउटै मानब जो थियो हृदयको सर्वस्व मेरो थियो !

एउटै पुस्तक जो थियो हृदयमा बाबा लेखेको थियो !!

एउटै साथ बसेर हासिरहने बाबा कहानी बन्यौ !

एउटै शान्त र सुख गृहको, बाबा बिरानो बन्यौ !!

-----------१ ----------------------------------------

आफै इश्वरले रचेर धरती, बाबा संगै भासियो !

आफै इश्वरले सृजित गृहस्थी, बाबा संगै च्यातियो !!

कल्पेर अहिले अतीत यादमा, सम्झेर पो के भयो !

बाबा शब्द सम्झदै गुणकथा लेखेर पो के भयो !!

--------------२ --------------------------------------

यी दुई छोरा छन यतातिरअनि, छोरीहरु तीन जना ! 

प्रीय यती रहेछ भेट टुहुरा, सम्झेर बस्छौ यहाँ !! 

बिर्सी बिर्सी सकिन्न किन्तु कहिल्यै, बाबा आफै झर्नु भो ! 

बढी पातको पालुवा फेरेर, बाबा आफै खस्नु भो !!

--------------३ ---------------------------------------

मैले सोधेथे अन्त्यकाल उहाँको , धोको रहेको थियो !

मैले सोधेथे अन्त्यकाल उहाँको , रहर पो के थियो !!

मैले हरदम खालि शैया बिचमा, छोरा भनेको सुने !

बोल्दै बकबक मात्र बोली संगमा, नानी भनेको सुने !!

------------------ ४ ----------------------------------

आशु झर्थ्यो खालि परेली बिचमा, बोल्ने धोको अड्कियो !

बाक्य प्रष्ट भएन कहिल्यै ओठमा, तोते बोली मात्रै थ्यो !!

बिर्सी बिर्सी सकिन्न कहिल्यै नभमा, बाबा बिरानो भयौ !

लेखी लेखी सकिन्न कहिल्यै लेखमा, बाबा अमर रह्यौ !!

-------------------५  ----------------------------------


                  (समाप्त )