Sunday, March 24, 2024

बुवाप्रति श्रद्दान्जली : (छन्द: झ्याउरे )

 बुवाप्रति श्रद्दान्जली :   (छन्द: झ्याउरे )


कालिका गाऊ सापकोटाबारी, कासकी जिल्लामा !

जन्मेथे एक समाजसेवी, पहाडी भूमीमा !!

असाध्यै थिएँ मिहिनेती उनी, खेती र कृषिमा  !

कोदाली खन्थे बन्चरो हान्थे, बालकै कालमा !!

------------१ --------------------------------

खेत र बारी  पाखो र टारी, गरेर चलन !

पुर्खाको माटो जोत्दै र खन्दै, जहान पालन !!

भाई र बहिनी पढाइ गर्थे, स्कूल गएर !

स्कूले शुल्क जुटाउने गर्थे, बाऊसे गएर !!

----------२------------------------------

कहिले स्कूल कहिले खेती, दुईटै धानेर !

प्रा बि को शिक्षा हासिल गरे, घरमै बसेर !!

गोर्जेमा थियो माध्यमिक स्कूल दुई कोश पर्तिर !

तैपनि भर्ना भएका थिए , मिलाई अवसर !!

------३ ----------------------------------

ठूलाकोट डाडो चारकोश पर, पोखरा शहरट !

तैपनि गर्थे लेखा र पढी, ओहोरो दोहोर !

कालोमा कलम घुमाउदै लेख्थे, नेपाली कागज !

लाल र पुर्जा कपाली तमसुक, पोखरा मालपोत !!

-------------------४ ------------------------------

समाजसेवा गर्नको निम्ति वडामा निर्बाचित !

घर र टोल धारो र पानी, लगाव रातदिन !!

बाटो र  खन्न स्कूल बन्न, दिएथे दिलोज्यान !

कालिका मन्दिर, सार्कीको मैदान उनैको योगदान !

-------------५ ---------------------------------

बाह्रमा मात्रै रोपनी थियो , पैतृक सम्पती !

खरको छानो, माटोको घर, पिताको दौलती !!

एक हल गोरु पालेर गर्थे , रोपाई मारामार !

रोपेर मानो धानको खेती, बीस र मुरी धान !!

----------------६ --------------------------

बाबाको बुद्दि बर्कत तीक्ष्ण, चलाख बुद्दिले !

साठीको बढी रोपनी जग्गा, जोडियो खुबीले !!

चारतले घर तालचोकतिर ठडियो पक्किघर !

घडेरी मात्रै जोडिन पुगे, पाचवटा एकैवार !!

---------७ ----------------------------------

दुइटा छोरा, तिनोटी छोरी नाति र नातीना !

पढाई लेखाई सकेर सबै गर्दैछन गुजारा !!

तिमरो बाबा आत्मामा शान्ति , बैकुण्ठ बासन !

सायुज्य मिलोस पार्थिव आत्मा, स्वर्गको आसन !

------------८-----------------------------------------

          (समाप्त )

No comments:

Post a Comment