Saturday, March 30, 2024

तीजको लहर हैन बरी , तीजैको रहर नाचौ बरीलै !

 तीजको लहर हैन बरी , तीजैको रहर नाचौ बरीलै !

------------------------ ---------------------------

भदौरे झरी त्यो चिप्लो बाटो , लड्दै नि आइयो नि !

डाडा र काडा चार भन्ज्यांगदेखि, हिडदै आइयो नि !!

खोला र नाला जंघार तर्दै, रुझदै आइयो नि !

माइतीको आँगन बाबाको घर, सम्झेर आइयो नि !!


तीजको लहर हैन बरी , तीजैको रहर ---------- !

------------------------१  -----------------------

दिनो न स्वामी रातोमा चुरा, फूलबुट्टे सारी नै !

दिनो न स्वामी कानैमा झुम्का, ओठमा लाली नै !!

त्यो बालपन खेलेको चौर, खेल्नलाई आइयो नि !

त्यो बालसखा खेलेका साथी, सम्झेर आइयो नि !!


तीजको लहर हैन बरी , तीजैको रहर ---------- !

-----------------२  ---------------------------------

ठोकौंन मादल दिदी र बहिनी, फुटोस खरी नै !

नाचौन नाच साथी र संगी, घन्कियोस माईती नै !!

शिवको लिङ्ग गरेर पूजा, स्वामीको आयुलाई !

बसेर ब्रत गाएर गीत, मनाऔ तीजलाई !!


तीजको लहर हैन बरी , तीजैको रहर ---------- !

------------३  ------------------------------------

जाम्लानी माइत खाम्लानी दर, माइतीको पिढीमा !

बीस बर्षे जुग बितेको घर, छाती र मुटुमा !!

भदौरे भेल बर्षाको झरी, माईतीको बाटोमा !

खोला र नाला जंघार तर्दै, त्यो रातो माटोमा !!


 तीजको लहर हैन बरी , तीजैको रहर ---------- !

तीजको लहर हैन बरी , तीजैको रहर ---------- !

तीजको लहर हैन बरी , तीजैको रहर ---------- !


-------------४  ------------------------------------

             (समाप्त )

  श्रष्टा: डा दीपक यात्री 



No comments:

Post a Comment