https://www.drishtinews.com/archives/280160
https://www.youtube.com/watch?v=P6wKLgbFt3w
लेखनाथ नेपालको गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित एक पूर्व नगरपालिका र वर्तमान समयमा पोखरा महानगरपालिकाको एक छिमेकी क्षेत्र हो। साविक लेखनाथ, राखी, शिशुवा र वेगनास गाविसलाई गाभेर वि.सं. २०५३ माघ ११ गते यस नगरपालिकाको गठन भएको थियो। नेपाल सरकार मन्त्रिपरिषद्को वि.सं. २०७१ मङ्सिर १६ गतेको निर्णय र वि.सं. २०७१ पौष २८ गते नेपाल राजपत्रमा प्रकाशित भएअनुसार तत्कालीन भरतपोखरी गाविस यस नगरपालिकामा समाहित भएको थियो।[५] लेखनाथ मध्य नेपालमा अवस्थित पोखरा उपत्यकाको प्राय: २८ डिग्री ०५" उत्तरदेखि २८ डिग्री १२" उत्तरी अक्षांश र ८४ डिग्री ०८" पूर्वी देशान्तर समथर भागमा रहेको प्राकृतिक सौन्दर्ययुक्त क्षेत्र हो। समुद्र सतहबाट ४९० मिटर उचाइमा रहेको कोत्रे देखि १,२१७ मिटर कोटवारी (सिरानडाँडा) सम्म फैलिएको यस क्षेत्रले पोखरा उपत्यकाको दक्षिण पूर्वी किनारामा प्राय: ठूलाकोटको फेदमा अवस्थित सात ताल समेत १२३.११ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। वि.सं. २०७३ फाल्गुन २२ मा लेखनाथ नगरपालिका र पोखरा उपमहानगरपालिका गाभिएर पोखरा महानगरपालिका बनेपछि यो वर्तमान समयमा पोखरा महानगरपालिकाको एक बजार क्षेत्र हो।
इतिहास
[सम्पादन गर्नुहोस्]कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल यसै नगरपालिकाको अर्घौ अर्चलेमा पर्ने भएकोले नेपाल अधिराज्यमा नै साहित्यिक श्रष्टामा नामबाट गठित एउटै मात्र नगरपालिका लेखनाथ नगरपालिका रहेको थियो।[६] यस नगरलाई सात तालको बगैंचा सहर भनिन्छ।[१][७] कास्की जिल्लाका तत्कालीन राखी, लेखनाथ, शिशुवा र वेगनास गाविसलाई मिलाएर वि.सं. २०५३ माघ ११ गते यो नगरपालिका घोषणा भएको थियो। वि.सं. २०५३ सालमा नगरपालिका घोषणा भएपछि त्यसको एकवर्षपछि भएको नगरपालिकाको निर्वाचनमा शालीग्राम पौडेल र गोपालमान गुरुङ निर्वाचित पहिलो नगर प्रमुख र उपप्रमुख भएका थिए। तत्कालिन राजा ज्ञानेन्द्रको शासनकालमा विष्णुप्रसाद पोखरेल र मोहनराज वस्नेतलाई करिब सात महिनाका लागि नगर प्रमुख र उपप्रमुखमा मनोनित गरिएको थियो।
भौगोलिक स्थिति
[सम्पादन गर्नुहोस्]लेखनाथको कुल क्षेत्रफल १२६.०४ वर्ग किलोमिटर रहेको छ। लेखनाथ नगरक्षेत्र समुद्र सतहबाट ४९० देखि १,२१७ मिटरसम्मको उचाइमा फैलिएको छ। काठमाडौँबाट १९० किलोमिटर पश्चिम र पोखराबाट १० किलोमिटर पूर्वमा रहेको लेखनाथ क्षेत्र पहाड, समथर भू-भाग, थम्काथुम्की र ताल तथा नदी निर्मित भू-भागको समिश्रणस्थल हो। तालैतालको जिल्ला भनेर चिनिने कास्की जिल्लामा रहेको सात तालको बगैंचा सहरको उपनामले परिचित यस नगर क्षेत्रमा पहिले बेगनास, रूपा, मैदी, दिपाङ, खास्टे ताल, न्युरेनी र गुँदेसमेत गरी सातवटा सुम्य ताल रहेका छन्।
धार्मिक तथा पर्यटकीय स्थलहरू
[सम्पादन गर्नुहोस्]लेखनाथ बजार क्षेत्रमा ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू गोरखनाथ मन्दिर, राधाकृष्ण मन्दिर हुन भने बेगनास ताल, रूपा ताल लगायत ७ वटा ताल, सुन्दरी डाँडा आदि प्राकृतिक पर्यटकीय स्थलहरू रहेका छन्।[८]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]यस क्षेत्रमा दश हजार घरधुरीको बसोबास रहेकोमा ७१,४३४ जनसङ्ख्या छ। शिशुवा यस क्षेत्रको मुख्य मुख्य व्यापारिक केन्द्र रहेको थियो। लोपोन्मुख अवस्थामा रहेको जलाहारी, गन्धर्व र कुमाल जाति पनि यस क्षेत्रमा बसोबास गर्दछन्।
पेशा
[सम्पादन गर्नुहोस्]जलहारीले तालमा माछा मार्ने, गन्धर्वले गीत गाउने र कुमालले माटाका भाँडाकुँडा बनाएर जीविका चलाउँछन्।[९] यस क्षेत्रको आर्थिक क्रियाकलापमा कृषि, सेवा, व्यापार र उद्योग मुख्य छन्। नगरपालिका भएपनि बहुसङ्ख्यक जनताको मुख्य आर्थिक क्रियाकलाप कृषि हो। आर्थिक रूपले सक्रिय कुल जनसङ्ख्याको ८७ प्रतिशत जनता कृषिमा नै निर्भर छन्। यस क्षेत्रको ५३०३ हेक्टरमा खेती गरिन्छ। झिनुवा, जेठोबुढो, ज्याउदीखोले, जर्नेली, पहेंले, विरनफुल तौली, रकनी, मन्सारा, गौरिया, आँगा, नालढुङ्गो, रामसाली, घैयाआदि स्थानीय २१ धानको प्रजाति यहाँ लगाइन्छ।
No comments:
Post a Comment