Saturday, March 23, 2024

बसन्त ऋतुको बारेमा

   बसन्त ऋतुको बारेमा 

बिरुवाले फेर्ने पालुवा, प्रकृतिको हरियाली रूप, पारिलो घाम अनि जाडोको बिदाइ त्यसपछि त मन त्यसै चंगा हुन्छ वसन्त ऋतुमा ।


प्रमोद खरेल, गायक 


वसन्त ऋतुमा नयाँ पालुवा पलाउँछ, सबैतिर हरियाली हुन्छ । हरियाली भएपछि मन त्यत्तिकै दंग पर्छ । 


अनु शाह, अभिनेत्री 


वसन्त ऋतुमा प्रकृतिको बहार आउँछ । यो सबैभन्दा राम्रो, रमाइलो र मनमोहक ऋतु भएको हुँदा यसलाई सबैले मन पराउँछन् । 


अम्बिका गुरुङ, गीतकार 


प्रकृतिले पालुवा फेर्ने भएकाले जीवनमा नयाँपनको आभाष हुन्छ, नयाँ जोस–जाँगर आउँछ । 


हिमानी सुब्बा, कोरियोग्राफर 


मनै आनन्दित तुल्याउने हरियाली वातावरण र पारिलो घाम अनि सित्तल मौसम नै यो ऋतुको सुन्दरता हो । फूपू तेन्जिङ शेर्पा, फेसन उद्यमी 


मौसम नै रमाइलो हुन्छ, न जाडो न गर्मी । जताततै हरियाली देखिन्छ । मन चंगा हुन्छ । छोटा कपडा लगाएका सुन्दर युवतीहरूको चअलपहल बढ्छ । मौसम र वातावरणले गर्दा काम गर्ने जाँगर 


पनि चल्छ । 


कुवेर गिरी, सञ्चारकर्मी


हल्का कपडा लगाएर हिँड्न पाइन्छ, कम्फर्टेबल फिल हुन्छ । 


युवराज चौलागाईं, गायक


वसन्त ऋतु भन्ने बित्तिकै म सरस्वती पूजा (श्री पञ्चमी) लाई सम्झन्छु, जसमा बालबालिकाहरूको अक्षराम्भ गरिन्छ । यति बेला बोटबिरुवा एवं फूलहरूमा नयाँ पात पलाउँछ, जुन एकदमै सुन्दर र मनमोहक देखिन्छ ।


लक्ष्मण महर्जन, अधिवक्ता


कोइलीको कुहु– कुहु र काफल पाक्यो चरीको सन्देश । फूल अनि हरिया रूखहरू, उमंग दिने समय, नयाँ क्यालेन्डर,नयाँ उत्साह र अठोट...यिनै हुन् वसन्त ऋतुका सुन्दर पक्ष । 


दिनेश डिसी, रेडियोकर्मी 


सफा आकाश, नयाँ पालुवा, सुन्दर फूल अनि नयाँ वर्ष । 


निर्मला ढकाल, समाजशास्त्री


वसन्त ऋतुको सुन्दर पक्ष प्राकृतिक सुन्दरता नै हो । वसन्तमा बहार आउँछ, न गर्मी न चिसो ठिक्कको मौसम । यतिबेला प्रकृतिले पनि काँचुली फेर्छ । सबैभन्दा राम्रो, रमाइलो र मनमोहक ऋतु हो यो । 


आर्यन अधिकारी, सह–निर्देशक


पुरानो पालुवाको ठाउँमा नयाँ पालुवाको आगमन, आरुको फूलले मन लोभ्याउँछ । नयाँ सोच, नयाँ कामको सुरुवात आदि नै वसन्त ऋतुको सुन्दर पक्ष हो ।


आलोकश्री, संगीतकार 


वसन्त ऋतुमा न जाडो, न गर्मी । यो मौसम सबैलाई मनपर्छ । पुराना पातहरू झरेर नयाँ पालुवा लाग्ने ऋतु । उत्साह र उमंगको संकेत गर्ने ऋतु । सांगीतिक दृष्टिले भन्नुपर्दा कोयलीको गीत सुन्न पाइने ऋतु । 


इतु जोजिजू, गायिका 


नयाँ उमंगसँगै नयाँ पालुवा हालेका वृक्षहरू ।


निशु ढकाल, गायिका 


झरेका पातहरूमा नयाँ मुना पलाउने हरियाली ऋतु अनि फूलैफूलको मौसम । 


अमर तण्डुकार, गायक 


रूखमा पालुवा पलाउँछ, हरियाली प्रारम्भ हुन्छ अनि मौसम रमाइलो हुन्छ । 


उमेश खड्का, कलाकार 


नयाँ पालुवा लागेका रूख, जताततै हरियाली चरा–चुरुङ्गीको मधुर धुन, लाली–गुराँसले सजिएका वन–पाखा, रुखो मनमा उमंग–उत्साह छाउने ऋतु–वसन्त ऋतु ।


अनिता आचार्य, अभिनेत्री 


मलाई सबैभन्दा मनपर्ने ऋतु नै वसन्त हो । यो ऋतुको सुन्दर पक्ष भनेको बोटबिरुवाले नयाँ पालुवा फेर्नु हो । यतिबेला जताततै हरियाली हुन्छ । 


विपना थापा, मोडल 


रमाइलो जोस अनि नौलो उमंग नै वसन्त ऋतुको रमाइलो पक्ष हो । वसन्त ऋतुमा प्रकृतिले पनि नयाँ रूप लिन्छ भने चरा–चुरुंगीदेखि मानव जीवनमा पनि रमाइलो अनुभव गराउँछ । त्यसैले पनि वसन्त ऋतु, ऋतुहरूमध्ये सबैभन्दा रमाइलो ऋतु मानिन्छ । 


अभिनाष घिसिङ, गायक 


हरेक नयाँ पालुवाको आगमनसँगै हामीमा एक प्रकारको उमंग छाउँछ । 


सङ्गराग बराइली, गीतकार 


म संगीतप्रेमी परें, त्यसैले कोइलीको कुहु–कुहुले आकर्षित हुन्छु । प्रकृतिको हरभरा रूप यो ऋतुको अर्को सुन्दर पक्ष हो । 


सिर्जना कार्की, गायिका 


वसन्त ऋतुको सुन्दर पक्ष न धेरै जाडो न धेरै गर्मी हुने रोमान्टिक मौसम र हरियाली नै हो । 


भावना गुरुङ, अभिनेत्री 


मलाई वसन्त ऋतुको राम्रो लाग्ने पक्ष हरियाली अनि पारिलो घामका साथै हल्का चिसो हावा हो । यो मौसमले नयाँ वर्षको आभाषसमेत गराउँछ । 


हिमाल सागर, गायक


जब–जब बिरुवामा पालुवा पलाउँछ, त्यसको सुन्दरता मलाइ सार्है मनपर्छ । 


अर्जुन अधिकारी, निर्देशक 


चारैतिर हरियाली अनि फुलैफूलको मौसम, बोटबिरुवामा नयाँ पालुवा पलाउनु अनि न चिसो न त्यति गर्मी ।


सञ्जय श्रेष्ठ, गायक 


हरियाली दृश्य, मनमोहक सुन्दरता एवं रमणीय वातावरण नै यो ऋतुको सुन्दर पक्ष हो । 


आशिष सचिन, गायक 


वसन्त ऋतु रङ्गीबिरङ्गी फुल फुल्ने मौसम हो । त्यसकारण यो समयमा एकदम सकारात्मक ऊर्जा सञ्चार हुन्छ अनि यो मौसममा दिन लामो हुन्छ । मलाई त्यो पनि राम्रो लाग्छ ।


श्री पाण्डे, समाचारवाचिका


हरियाली वातावरण रमाइलो लाग्छ । मौसम पनि आनन्दको हुन्छ । कोइलीको गीत गुञ्जन्छ, हावामा एक प्रकारको मस्ती हुन्छ जसले मनलाई तरंगित तुल्याउँछ । 


स्वेच्छा केसी, मोडल


सुकेको बोटमा नयाँ, ताजा पालुवा पलाएको देख्न पाइन्छ । 


विजया कार्की, रंगकर्मी 


हरियाली तथा फूल मन नपर्ने मानिस बिरलै पाइएलान् । वसन्त ऋतुलाई ऋतुहरूको राजा पनि भनिन्छ । चारैतिर हरियाली अनि फुलैफूलले सजिएको सुन्दर प्राकृतिक दृश्य देखिनु नै यो ऋतुको सुन्दर पक्ष हो । दु:खपछि पाइने सुख झैं शिशिर ऋतुको उजाडतापछि यो मन नै फुरुङ्ग पार्ने वसन्त ऋतु प्रकृतिको एउटा सुन्दर उपहार हो ।


बानिका प्रधान, गायिका 


मलाई साह्रै मनपर्छ यो ऋतु । आफूलाई मनपर्ने रंग पनि हरियो नै भएकाले मलाई यो ऋतु आउने बित्तिकै फोटो खिच्न मन लाग्छ । 


सुलेमान शंकर, इकु, अभिनेता


प्रकृति र मानिसको सम्बन्ध एकदम नजिक छ । मलाई हरेक दृष्टिले यो मौसम एकदम प्रिय लाग्छ, रंगहरू फेरिन्छन् । एक किसिमको मिठो वासना फैलिन्छ वातावरणमा । चारैतिर रमाइलो हुन्छ । रंगीबिरंगी फूलहरू फूल्छन्, नयाँ पात पलाउँछन् । 


दुर्गा खरेल, गायिका


प्रतिक्रिया


हाम्रो छनोट

 

कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

 

गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

 

निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

 

राइडरलाई रोजीरोटीकै समस्या

 

सधैँ सडकमा



https://saptahik.com.np/gossip/2019/02/18/20190217150628

No comments:

Post a Comment