Friday, September 9, 2022

कक्षागत गीतहरु कक्षा १ देखि १० सम्म

 https://www.youtube.com/watch?v=o2-4I1d06dI


(कक्षागत गीतहरु) 

कक्षा १: 
हामी धेरै साना छौ ! हाम्रो मुटु सानो छ !
यो सानो मुटुमा बिशाल देश छ | 

कक्षा २: 
कति राम्रो हाम्रो देश | आफ्नै बोलि आफ्नै भेष 

कक्षा ३: 
(खोइ के हो याद भएन| साझाबासी मित्रहरुलाई याद छ कि ?)

कक्षा ४: 
नेपाल आम कहिँ छ घाम कहिँ छ छाया हे
परन्तु सारा सन्तान माथि एउतै माया हे 


कक्षा ५: 
यो  मेरो  देश  नेपाल  हेर  कति  छ  रमाइलो | 
यो  मेरो  देश  नेपाल  हेर  कति  छ  घमाइलो |


कक्षा ६: 
देशको माटो रम्न सके रम्छ नेपाल 
यहि माटो गल्न सके बन्छ बिशाल 


कक्षा ७:
हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ 
पहरा बोल्छ, छहरा बोल्छ, नेपाल बोल्दछ 
 
कक्षा ८:
तराई हेर कति राम्रो हरियो बन हुनाले 
पहाड हेर झनै राम्रो गुराश फुल्नाले 

कक्षा ९:
हे बिर हिड अघि सरि नहातई पाउ रतिभरि
यो मातृभूमि नेपालको भै बिर पराक्रमी सन्तति 

कक्षा १०:
जय जय काली जय जय गोरख 
हाम्रा रगत ले कोरिएका पाइलाहरु मेटेर मेटिन्न 

सामुहिक गान:
हट्ने होइन डटी लड्ने नेपालीको बनि हुन्छ 
----------------------------------------------
https://www.facebook.com/photo?fbid=972296640312051&set=pcb.972147653660283




"कति राम्रो हाम्रो देश " राष्ट्रिय गीत 
यो मेरो देश नेपाल हेर कति छ रमाइलो 
यो मेरो देश नेपाल हेर कति छ घमाइलो
खोला र नाला हरियो बन हिमाल हासेको
डाफें र मुनाल मयुर छ यहा हेर त नाचेको 
लेक र बेशी तराई पहाड क्या राम्रो मिलेको 

यो मेरो देश नेपाल हेर कति छ रमाइलो 
यो मेरो देश नेपाल हेर कति छ घमाइलो

कस्तुरी मृग गैडा र चौरी छ यहाँ खेलेको 
चाप र गुरास छ सुनाखरी गमक्कै फुलेको 
यसैमा मेरो देशको मुहार अति छ खुलेको 

यो मेरो देश नेपाल हेर कति छ रमाइलो 
यो मेरो देश नेपाल हेर कति छ घमाइलो

यही छ घाटी देउराली भन्ज्यांग चौतारी खनेको
बज्दछ मादल गम्केर यही लोकगीत भाकाको 
यसैले होला छ देश मेरो स्वर्गको काखमा 

यो मेरो देश नेपाल हेर कति छ रमाइलो 
यो मेरो देश नेपाल हेर कति छ घमाइलो
--------------------------------------------------------

हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ
पहरा बोल्छ, छहरा बोल्दछ नेपाल बल्दछ।-२

उन्नत हाम्रो सगरमाथा बिश्व कै शिर हो
बिश्व मा उच्च गौरब राख्ने नेपाली बीर हो

हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ
पहरा बोल्छ, छहरा बोल्दछ नेपाल बल्दछ।-२

पसिना देउ, हृदय देउ, उठाउ नेपाल
तिमी नै आफू नउठे देखि के उठ्छ हिमाल

हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ
पहरा बोल्छ, छहरा बोल्दछ नेपाल बल्दछ।-२

जनकको जान सिता को सिप बुद्व को हृदय
नबिर्स आफ्नो पुर्खाको त्याग साहस बिजय

हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ
पहरा बोल्छ, छहरा बोल्दछ नेपाल बल्दछ।-२



No comments:

Post a Comment