---- हरिदेबि कोइराला
https://www.youtube.com/watch?v=fBHPuQZTbTo
स्वर राम्रो कोइलीको पंख राम्रो मजुरको
बोली राम्रो मेरै हजुरको
पानी राम्रो मुलको, छाया राम्रो पीपलको
जोडी राम्रो बनको ढिकुरको
स्वर राम्रो कोइलीको --------------
खोली राम्रो माछिले , बने राम्रो चराछुरीले
घरै राम्रो छोरा छोरीले
स्वर राम्रो कोइलीको --------------
पंख राम्रो मजुरको------------------
बोली मीठो मेरै हजुरको
चरण राम्रो भेडीले, गोठ राम्रो गाइले
माइती राम्रो दाजुभाइले
स्वर राम्रो कोइलीको --------------
पंख राम्रो मजुरको------------------
दिन राम्रो घामले , रात राम्रो जूनले
माया राम्रो जीबन हुनाले
बारी राम्रो खनेको खेत राम्रो जोतेको
धन्सार राम्रो लिपे पोतेको
स्वर राम्रो कोइलीको --------------
पंख राम्रो मजुरको------------------
स्वर राम्रो कोइलीको पंख राम्रो मजुरको
बोली मीठो मेरो हजुरको
----------------------- ---- हरिदेबि कोइराला
No comments:
Post a Comment