"जन्मदिनमा म "
म एउटा फूल भै फुलू ,मौरीको मनोहरमा !
फूलको रसले भरोस ,मौरी घार हराभरा !!
त्यही मह बन्न सकोस ,आयुर्वेदिक औषधी !
स्वास्थ्यलाभ तिनीलाई,असहाय र रोगी !!
------१-------------------------------------
म एउटा आगो भै बलू,रन्किएर रापमा !
आगोको रापले फाडोस ,झार् पाते खोरिया !!
त्यही खोरियामा भोली,फलोस उर्बर फसल !
भूमीहिन सुकुम्बासी,बनाउदै घरबार !!
---२---------------------------------------
म एउटा जल भै बगू,यत्रतत्र बगाउदै !
जलको संगमभित्र ,खोलानदी बनाउदै !!
त्यही नदी हुन सकोस,सिचाइको साधक !
आकासे पानीको भरमा,मुक्ति पाउन कृषक !!
-------------३------------------------------------
म एउटा ऋतु भै आउ ,चाडपर्ब बोलाउदै !
चाडको रंगमा दशैं ,तीज तिहार मनाउदै !!
त्यही पर्ब हुन सकोस ,खुशीको ठूलो उत्सब !
सारा नेपालीमा छावोस, हर्ष एबम महोत्सब !!
No comments:
Post a Comment