"जन्म भूमी अर्चले " (छन्द : शार्दूलविक्रीडित )
जस्तो सूर्य किरण फैलेर शुभमा, पारिलो फैलाउछ !
जस्तो चन्द्र प्रकाश छरेर रातमा, जूनेली निम्त्याउछ !!
त्यस्तै प्रकृतिको शिखा पलबाट, झुल्की पहाडी भूमी !
त्यही हो म आफ्नो अनन्य नगरी, अर्चले गाउ पनि !!
----------------------१ ---------------------------
पन्छी पुग्लान अनेक नगरी, चारो खोजी खातिर !
बस्तु गाई चाहार्लान बारी खेत, आहारको खातिर !!
त्यस्तै रोजगारका जीविका पथमा, टाढै गएता पनि !
त्यही हो म आफ्नो अनन्य नगरी, अर्चले दिब्य भूमी !!
------------------२ -------------------------------
चाहे कोही पढ़िकन ठूलो बनोस , प्रकाण्ड विद्वान वा !
चाहे कोही निकै शोध ठूलो गरोस, बनोस शोधकर्ता !!
हुन्नन कोही पनि उचा बडा सखे, मातापिताको तुला !
त्यही हो म आफ्नो अनन्य नगरी,अर्चले भूमी सदा !!
-----------------३ -----------------------------------
ती खोला, बनशैल, पाखा पखेरा भुलिन्छ कहाँ बरु !
ती धारा, ती स्वार चौर हरिया, बन्छन मनका मुटु !!
हुर्कायौ जुन माटो प्रिय पखेरा, सौन्दर्य लालित्य छ !
त्यही हो म आफ्नो अनन्य नगरी, बेजोड साहित्य छ !!
-----------------४ -------------------------------------------
(समाप्त )
No comments:
Post a Comment