Thursday, June 23, 2022

राष्ट्र मेरो सानै होला, पराइ पाइला टेक्न दिन्न !

 अभावलाई संहू मैले, दबाबलाई सहने छैन 

खडेरीलाई संहू मैले , गलत्याईलाइ सहने छैन 

बदनामै होवोस मेरो, अपमान सहने छैन 

राष्ट्र मेरो सानै होला, पराइ पाइला टेक्न दिन्न !

-------------------१ ------------------------------

हातको ठेला उठी फुटोस, हेलाई स्वीकार्य छैन 

थाप्लोमा नाम्लो नै होस् , राष्ट्र शान झुक्ने छैन  

दाउराको भारी बोकू, राष्ट्र झण्डा झुक्न दिन्न 

राष्ट्र मेरो सानै होला, पराइ पाइला टेक्न दिन्न !

--------------२ --------------------------------

एक दिन भोकै बसू आफै , कसैसंग माग्ने छैन !

एकछिन प्यासै बसू आफै, पराई दैलो धाउने छैन 

एकै सरो लगाऊ बरु, हिरामोती लाउने छैन 

राष्ट्र मेरो सानै होला, पराइ पाइला टेक्न दिन्न !

---------------------३ ---------------------------

(समाप्त )

श्रष्टा : डा दीपक यात्री 

      प्रमुख सूचना प्राबिधिक 

       नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर नेपाल 

 रचना मिति : २०७९ साल असार ९ गते बिहिवार 

No comments:

Post a Comment