Wednesday, June 1, 2022

"सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म "

 

2m Lalitpur 
Shared with Public
Public
हस्पिटलको बार्षिकोत्सवमा यो प्रथम स्थान प्राप्त रचना हुनसक्यो। आवाजका जादुगर, चर्चित कवि , कुशल प्राध्यापक एवम् आदरणीय गुरु शिव त्रिपाठी (Shiva Tripathi) ले मेरो छन्दको कबिता "सगरमाथा अग्लो शिर स्वाभिमानी नेपाली म " बाचन गरिदिए पछि अहिले सुन्दा पो बढि भाबुक भए। हजुरहरुलाई पनि मन परे लाइक , अझै मन परे कमेन्ट र धेरै मन परे सेयर पनि गरिदिनुहुन अनुरोध छ :

"सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म " ( मात्रा: Iss sss ॥। ॥s s।। । s)
मेचीदेखि महाकाली ,कोशीदेखि भेरीसम्म !
बग्छ नेपाल शरीरको,रगत बोकी नसासम्म !!
हिमालको पग्ली हिऊ,बग्छ तराई मधेशमा !
सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म !!
--------------१----------------------------------
तराईमा बाली झुल्छ ,सुन फल्छ फसलको !
मधेशको तोरीबारी ,पहाडको मकै कोदो !!
हिमालको स्याउ मीठो,याक चौरी कैलाशमा !
सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म !!
-------------२ ---------------------------------
सोलो गाउछ कोईलीले ,बिगुल फुक्छ जुरेलीले !
रोदी नाच्छ मयुरले ,ताली डाँफे मुनालले !!
बन वृक्ष हराभरा ,चियाबारी ईलाममा !
सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म !!
------------३ -------------------------------------
लिम्बु रुदा पहाडमा ,शेर्पा दाईको मुटु दुख्छ !
हिऊपैरो खस्दाखेरी ,चौधरीको आँशु खस्छ !!
जनक बुद्ध बिभूतीको ,स्वयभूको आँखी हु म !
सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म !!
--------------४ ----------------------------------------
सोरेठी र लैबेरीका ,शुशेली र भाका गाउला !
भैचालोले घर ढले ,आँगनीमा दर खाउला !!
दशैँ तिहार छठ पर्ब ,सबै मिली मनाउन !
सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म !!
---------५ -------------------------------
(समाप्त )
श्रष्टा : डा. दीपक यात्री
प्रमुख सूचना प्राबिधिक
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

No comments:

Post a Comment