Thursday, June 23, 2022

म झुक्दै न झुक्ने नेपालको छोरो

 Original singer-

Gopal Yonjan
Karaoke by @MK_Shrestha
Follow him on smule

बनेको छ पहराले यो छाती मेरो।

बगेको छ छहरा , रगतमा मेरो।
पखेरीमा जन्मे ,टाकुरामा खेल्ने,
म झुक्दै न झुक्ने नेपालको छोरो
म झुक्दै न झुक्ने नेपालको छोरो


खोसेको रोटीले मेरो पेट भरिन्न

मागेको धोतीले मेरो लाज छोपिन्न।
खोसेको रोटीले मेरो पेट भरिन्न
मागेको धोतीले मेरो लाज छोपिन्न।
घोटिएर हात पाऊ झरी जाउन औंला,
तर कोहि अघाडी यी हात जोडिन्न
यि हात जोडिन्न

बनेको छ पहराले यो छाती मेरो।

बगेको छ छहरा ,रगतमा मेरो।
पखेरीमा जन्मी,टाकुरामा खेल्ने,
म झुक्दै न झुक्ने नेपालको छोरो।
म झुक्दै न झुक्ने नेपालको छोरो।


म आगो सहन्छु, अन्याय सहन्न।

म तृष्णा सहन्छु, तिरस्कार सहन्न।
म आगो सहन्छु, अन्याय सहन्न।
म तृष्णा सहन्छु, तिरस्कार सहन्न।
मेरो शीर उड़ाउ बरु त्यो सहन्छु।
तर कोही परायाले टेके सहन्न, टेके सहन्न


बनेको छ पहराले यो छाती मेरो।
बगेको छ छहरा रगतमा मेरो।
पखेरीमा जन्मे ,टाकुरामा खेल्ने,
म झुक्दै न झुक्ने नेपालको छोरो
म झुक्दै न झुक्ने नेपालको छोरो

No comments:

Post a Comment