Sunday, June 26, 2022

मेरो राष्ट्र :( कबिता प्रतियोगीता २०८० को निम्ति )

   मेरो राष्ट्र :

मेरो राष्ट्र मेरो प्राण, मेरो माटो म चुम्दछु !

मेरो हिमाल मेरो शिर, नेपाली गर्ब गर्दछु !!

डाफेका तालमा नाच्दछु, मुनालसंग राम्दछु !

आफ्नो पौरखमा बाच्छु, बाच्नुपर्छ सिकाउछु !!

--------------------१ ---------------------------

म गुराँस जसै फुल्छु, मयुर गीत नाच्दछु !

म बुकी जसै फक्रंछु , टुकीमा पनि हास्तछु !!

मेरो शिर काटोस बरु, म झुक्न कसै जान्दिन !

मेरो धर्ती नै हो स्वर्ग, अर्को स्वर्ग म मान्दिन !!

-------------२ ----------------------------------

मासुले म गुराँस हू,रक्तले लालुपातॆ हू !

सिर्जनाको बिहानीमा म अटल हिमाल हू !!

म पोख्छु पसिना बिन्दु, माटोमा प्राण हाल्दछु !

म बोक्छु ध्वजा राष्ट्रको, राष्ट्रभाव बढाउछु !!

---------------------३ ------------------------

म फुल्छु राष्ट्र  यो फुल्छ भने बनी सुनाखरी !

म जल्छु खरानी भई, राष्ट्रकै निम्ति दनदनी !!

म एउटा बोधीबृक्ष हू अड्नुपर्छ सिकाउछु !

म आफू पौरखमा बाच्छु , प्यारो राष्ट्र बचाउछु  !!

------------------४ -------------------------

(समाप्त )

श्रष्टा : डा दीपक यात्री 

      प्रमुख सूचना प्राबिधिक 

       नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर नेपाल 

 रचना मिति : २०७९ साल असार ९ गते बिहिवार 

No comments:

Post a Comment