Monday, June 20, 2022

"असार महिना "

      "असार महिना "


असारे महिना पानीको रिमझिम, रोपाइँ चटारो !

खेतका गरा पानीले होला, सम्याउन अप्ठ्यारो !!

खुट्टे र पैते बरखा संगै, भरियो आलीले !

छुपुमा छुपु धानको बीऊ, रोपाहार नानीले !!

------------१ --------------------------------

कुलाको पानी लगाई बाउसे, भिझेर झरीमा !

काधमा हलो बोकेर निक्ले, हलीबा  टारीमा !!

भिजेको माटो हिलो र मैलो ,असारे पानीमा !

भिजेछ दिल पीरतीभित्र, यो जिन्दगानीमा !!

----------२ -------------------------------

धित नै मारी रुझिछिन मेरी, रोपारा चमेली !

असारे गीत घन्काउदै रोप्छिन, रोपारा पातली !!

धानको रोपाइँ, बेठी र बाजा, नौमती बजाउदै !

कोदाली खन्दै रमाउन थाले, बाउसे नचाउदै !!

-----------------३ ----------------------------

छतरी ओढे बाउसे राजा, खेतको डिलमा !

स्याखुले छोपिन ढाड र काख, खेताली रानीमा !!

धमिलो बाढी लगाई खेतमा, असार सुरु भो !

झाले र माले हलगोरु जोत्दै, रोपाइँ गरियो  !!

-------------४----------------------------------

           (समाप्त )

  डा दीपक यात्री 

    लेखनाथ -२७, कास्की नेपाल 

No comments:

Post a Comment