Sunday, July 2, 2017

फर्कि आयो भदौरे महिना , त्यो दिन फर्कन्न रे

फर्कि आयो भदौरे महिना , त्यो दिन  फर्कन्न रे

त्रिपाठी थरको साटबारी घरको बर्षाऋतुको रात !
जम्मै भएर आगन पिढीमा बन्धु अनि बान्धव !!
भेला भो जनको माहिला बाबाको नाति भए भन्थे रे !
फर्कि आयो भदौरे महिना , त्यो दिन  फर्कन्न रे   !!
------------------- १ ----------------------------------
एउटा सिकुवा,अर्को त भडारो बुहारीको बास रे !
हेर्थिन सासुले दुइटा नातिको पालैपालो हातले !!
मख्ख थे अमज्यु नन्द पनि त ऐश्वर्य भो भन्थे रे !
फर्कि आयो भदौरे महिना , त्यो दिन  फर्कन्न रे   !!
--------२ --------------------------------------------
डाके रे तुलसी पण्डित घरमा जुराउन नाम रे !
चन्द्र दाहिने छ, सूर्य शिरमा तेजस्वी हुन्छ अरे !!
नामै राखने होडबाजी गिरिमा घन्टौ बितेको अरे !
फर्कि आयो भदौरे महिना , त्यो दिन फर्कन्न  रे   !!
-------३ ------------------------------------------------
लब र कुश वा लक्ष्मण रामको नामै राखौ पो कि त !
बिद्यानाथ वा बुद्धिनाथ नामले बन्छन रे सार्थक !!
राजु एक दीपक दोश्रो जुर्यो रे न्वारानको घडी रे !
फर्कि आयो भदौरे महिना , त्यो दिन फर्कन्न  रे   !!
------- ४-------------------------------------------
      ( समाप्त )
--इ. दीपक यात्री
सिनियर इञ्जिनिएर ;भेरिएन सिस्टम
हैदराबाद भारत
स्थायी ठेगाना: अर्चले , पोखरा लेखनाथ –२७ ,कास्की नेपाल




No comments:

Post a Comment