Saturday, July 15, 2017


आज मेरो श्रीमानको जन्म दिन , कबितारुपी शुभेच्छा प्रयास :
     "जय मेरो श्रीमान"
हजुर यात्री अनेक  प्रतिभाको !
शसक्त कबि काब्य सिर्जनाको !!
सहयात्री बनूँ वाङ्मय फाँटमा !
थपेर ऊर्जा लेख र  सिर्जनामा !!
----१ -------------------------
हजुरले हासे म गीत गाउला !
जूनजस्तै शीतल प्रीत लाउला !!
हजुरको मुस्कानमा चुम्न पाऊ !
त्यही चुम्बाभित्र फूल फुल्न पाउ !!
-------------२-------------------------
एक पुत्र पुत्री छन प्राणतुल्य !
सुखको भण्डार दाम्पत्य अपार !!
हजुरको नाम म जप्न पाऊ !
जुनी जुनी भर म साथ पाऊ !!
--------------३----------------
बिद्याबारिधी उपमा मिलोस !
डाक्टर उपसर्ग छिट्टै जुरोस !!
दाम्पत्य हरियाली म देख्न पाऊ !
हरियालीभित्र कबिता बनाऊ !!
------४ -----------------
          (समाप्त )
समुन्द्र तिमिल्सिना त्रिपाठी

No comments:

Post a Comment