Monday, July 10, 2017

साक्षात मुख हेर्न सकिन पिताजी, टाढैबाट नमन

आज कुशे औशी जसलाई पितृ औशी वा गोकर्ण औशी पनि भनिन्छ | बुबाको मुख हेर्ने दिन |दुर्भाग्य म घरबाट टाढा रहेकोले पिताजीको साक्षात मुख हेर्न सकिन | तर पनि एकाबिहानै फोन बाट नमन गरे | यही भावनाहरुलाई कविताको रुपमा प्रस्तुत गर्दै :
( छन्दमा प्रयास….. )

"साक्षात मुख हेर्न सकिन पिताजी, टाढैबाट नमन "
...
त्रिपाठी थरको अर्चले घरको म पुत्र दीपक हु !
कुशे औशी पबित्र पर्बदिनमा दुइशब्द जोडेको हु ||
नसके सबेरै उठेर तलमा त्यो पाऊलाई छुन !
साक्षात मुख हेर्न सकिन पिताजी, टाढैबाट नमन !!
------------१----------------------------------------
न चुलो नबलेको थियो घरमा न साहुको नै ऋण !
आफै छु अनभिज्ञ पिताजी स्वयम् बिदेसीए म किन !!
नसके सबेरै नुहाई पाउमा, फलफुल चढाउन् !
साक्षात मुख हेर्न सकिन पिताजी, टाढैबाट नमन !!
--------------२------------------------------------------
गरिबी कुन हो,अभाव कस्तो हो,थाहै नदीलाईकन !
अप्राप्य पनि हुन्छ र जगतमा, ज्ञानै नदीलाईकन !!
समाई अगुली,डोर्याई पथमा,अतीत बाल्यकालमा !
साक्षात मुख हेर्न सकिन पिताजी, टाढैबाट नमन !!
------------३---------------------------------------------
राजा बलीलाई माग्दा बामनले,सुम्पिदिए ज्यान नै !
कर्णथिए अर्का महादानी ती ,सुम्पे कवचकुण्डलै !!
पिताको ममता कर्ण बली भन्दा सन्तानलाई झन् !
साक्षात मुख हेर्न सकिन पिताजी, टाढैबाट नमन !!
--------------४---------------------------------------
(समाप्त)
नोट:(आज कुशे औशीको दिन म जस्तै पिताजीबाट टाढा रहन बाध्य भएका जनहरुमा समर्पित | )
--२) राष्ट्रिय विभूति मोतीराम भट्टको जन्मदिन पनि आजै कुशेऔशिमा भएको थियो | विंसं. १९२३ साल भाद्र कुसे औसीका दिन जन्मिएका मोतीरामको १९५३ साल भाद्र कुसे औसीकै दिन ३० बर्षको उमेरमा निधन भएको थियो । मोतीराम भट्ट मध्यमकालीन नेपाली साहित्य र श्रृंगारिक धाराका प्रवर्तक मानिनुहुन्छ । मेरो कविता पाठक सबै जनहरुमा मोति जयन्तीको पनि शुभकामना !!
--सिनियर ई. दीपक यात्री
लेखनाथ -६ ;कास्की नेपाल
हाल: हैदराबाद भारतमा कार्यरत

No comments:

Post a Comment