Tuesday, August 8, 2023

बजेन किन तीजको गीत, दिदी लिन बरिलै गाथ्यो भाई त !

 बजेन किन तीजको गीत, दिदी लिन बरिलै गाथ्यो भाई त !

आगन मेरो खालिं नै रह्यो, बहिनीको नाच बरिलै रहरै भैगयो  !!

बजेन किन तीजको गीत .....................


आइनन मेरी पियारी बहिनी, आमाको धोको बरिलै भयो अधुरै 

नाचिनन मेरी मायालु दिदी, नाचने रहर बरिलै  भयो भयो अधुरै  

बजेन किन तीजको गीत .....................

आगन मेरो खालिं नै रह्यो------------------


गाईनन मेरी दिदीले गीत, घरको पिढी बरिलै भयो  टुहुरै

गौथली चरी  भुरुरु उड्थी, आगनको डिलमुनि बरिलै भयो बिरानै   

बजेन किन तीजको गीत .....................

आगन मेरो खालिं नै रह्यो------------------


छैन मेरो पिढीमा पंचमी पूजा, शिवलिङ्ग बरिलै भयो अधुरै 

छैन मेरो भान्छामा पाकेको दर , खाने मान्छे बरिलै छैनन  माइतै

बजेन किन तीजको गीत .....................

आगन मेरो खालिं नै रह्यो------------------

No comments:

Post a Comment