Thursday, August 3, 2023

यो नेपाली बीर साहसी (राष्ट्रिय गीत )

  "यो नेपाली बीर साहसी"   (राष्ट्रिय गीत )

यो नेपाली बीर साहसी, डटी डटी लड्ने गर्दछ !

यो नेपाली बहादुरीले, लिङ्गो जस्तै बढ्ने गर्दछ !!


डाँफे चरी नवै रङ्गले यही देशको रङ्ग बोक्दछ !

मयूरको रङ्गीचङ्गीले यही देशको प्वाँख ओडदछ !! 

गुराँसको फूलसंगै, यही देशको शान फुल्दछ !

खुकुरीको धारसंगै, यही देशको डोब बस्दछ !!


यो नेपाली बीर साहसी, डटी डटी लड्ने गर्दछ !

यो नेपाली बहादुरीले, लिङ्गो जस्तै बढ्ने गर्दछ !!


स्वयम्भूको दुईटा आँखाले, यही देशलाई शान्ति दिलाउछ !

पशुपति सुनको गजुरले , यही देशलाई बरदान चढाउछ !!

सारङ्गीको मीठो धुनले, यही देशको गाथा गाऊछ !

शंखध्वनीको  उद्घोषले , यही देशको ध्वनी बजाउछ !! 


यो नेपाली बीर साहसी, डटी डटी लड्ने गर्दछ !

यो नेपाली बहादुरीले, लिङ्गो जस्तै बढ्ने गर्दछ !!

       (समाप्त )

No comments:

Post a Comment