Saturday, August 5, 2023

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे

 नेपाली हामी रहौँला कहाँ नेपालै नरहे

 उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे

 तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको 

माटो र पानी पहिलो धन धर्तीका छोराको 

ए कहाँबाट हेरौँला संसार सन्झ्यालै नरहे 

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे

 दसैँ र तिहार रमाइला हाम्रा चुड्का र ख्यालीले 

हिर्दय हाम्रो जुर्मुराउँछ जितको झ्यालीले 

बैँसको तालमा नाचौँला कहाँ मादलै नरहे 

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे

 आकाश छुने टाकुरा हाम्रो भेटेर भेटिन्न

 पौरखी हाम्रा पुर्खाको पाइला मेटेर मेटिन्न

 बिम्झौँला कहाँ पुर्वको पैलो उज्यालै नरहे

 नेपाली हामी रहौँला कहाँ नेपालै नरहे

No comments:

Post a Comment