----दिनेश अधिकारी
‘निधारमा लर्काएर सप्तरंगी टीको
हिँडिरहु सधैँ तिमी शिखरको बाटो ।
ओखरमा फोरिदिए बाधाहरू मैले
जता पनि पुग दाजै घामभन्दा पहिले ।।’
चहचह पिङ्ग हैन माया झुलेको छ।
सयपत्रीसंग मेरो खुशी फुलेको छ ।।
अंग अंग पुजेकी छु तिमीलाई मैले।
जता पनि पुग दाजै घामभन्दा पैले ।।
आगनले भैलीनीको भाका पाएको छ ।
घर सम्झी परदेशी फर्की आएको छ ।।
मालाभारी उनकी छु, आफ्नो खुशी मैले ।
जता पनि पुग दाजै घामभन्दा पैले ।।
No comments:
Post a Comment