भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता
कमाउन त मूर्दाले पनि कात्रो कमाउला
कमाउन त चोरले पनि पैसा कमाउला
तर ,
मलाई इमानको एउटा लगौटी भए पुग्छ
मलाई साधुको एउटा कमण्डलु भए हुन्छ।
===========१ ===========
आऊ,
मसंगै आऊ ,
भ्रष्टचार बिरुद्दमा एउटा युद्दको शुभारम्भ गरौ
अभिमन्यू बनेर अब हामीले
दुराचार र भ्रष्टाचारको चक्रव्युह फोड्न सकौ
राजर्षी भागीरथको तपस्या बनेर हामीले
भ्रष्टचारको गंगालाई थाम्न सकौ।
===========२ ===========
सुन,
मसंगै गीताको एउटा श्लोक सुन ,
" कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।। "
बास्तबमा,
श्रीखण्डको बोटमुनि तपस्या गर्दैमा
निधारमा चन्दन मगमगाउदैन |
माटोमा हिरामोती बर्सदैन ||
===========३ ===========
" “ मेरा साना दुखले आर्ज्याको मुलुक हैन "”
“ घुस लिन्या र घुस दिन्या सवै देशका शत्रु हुन ”
यी दिव्योपदेश अब आलेखमा मात्रै हैन
यी पबित्र भावना अब इतिहासमा मात्रै हैन
हामी हर नेपालीसंग आफूभित्र धड्किने मात्र मुटु हैन
मुटुको हर धड्कनभित्र राष्ट्र पनि बाचिरहेछ
सिंगो देशभित्र आफूमात्र बाचिरहेको हैन
हर पल पलमा इमानको स्वाभिमान पनि जिईरहेछ।
===========४ ===========
बस ,
नेपाल आमा अब मलाई
कर्मको अक्षता र पौरखको नैवेद्य देऊ
बुद्दको उपदेश र सीताको शील देऊ
संजीवनी जडिबुटी र गायत्री मन्त्र देऊ
अब म ,
एकलव्यको आस्था र भगीरथको साहससंगै
बीरभद्रको बीरता र अरनिकोको कलासंगे
भ्रष्टचारको बिरुद्दमा एउटा अभियान चलाउनेछु
शालीनदीमा स्नान गरी एउटा संकल्प बनाउनेछु।
===========५ ===========
=========समाप्त =========
श्रष्टा डा. दीपक यात्री
प्रमुख सूचना प्राबिधिक
नेपाल क्यान्सर हस्पिटल, ललितपुर
स्थायी ठेगाना : पोखरा लेखनाथ-२७, कास्की नेपाल
सम्पर्क मोबाइल : ९८१३४५६३७४
ई-मेल:
iamyatree@rediffmail.com
No comments:
Post a Comment