Wednesday, May 24, 2023

पहिलो घर

 

" पहिलो घर "
सापकोटाबारी म जन्मेको माटो !
काउले सुर्केमैदान बाटोघाटो !!
तल्लोबारी माथि पाडेंबारी छ !
यो दिलमा हरदम घुमिरहन्छ !!
मोहनाथ पुत्र ज्येष्ठ चूडामणिका !
जन्मे म यही स्वर्गीय भूमीमा !!
---------१----------------------------
"दोस्रो घर "
चारै बर्षको शिशु नाबालकमा !
झरेछु अर्चले तल सानो गाउमा !!
लेखनाथ प्राबि र लक्ष्मी माविमा !
प्रथमै मात्रै मिल्थे शैक्षिक उपमा !!
प्रथम दर्जामा गरी प्रबेशिका !
छाडे अर्चले झारी आशु ढिक्का !!
---------------------२------------------
"तेस्रो घर"
राजधानी भित्र छिरे अध्ययनार्थ !
विज्ञानमा प्रबीण प्रमाणपत्र !!
निक्ले भारतमा प्राबिधिकिलाई !
पिताजी निम्ता बिहे गर्नलाई !!
तेस्रो घरमा गरी सब बिहेदान !
बिताउदैछु सब परिवारजन !!
--------------------३-----------------------
निष्कर्ष :
घर मेराऽ अरु पनि आउलान !
यो आखाँमा बस्ती पनि छाऊलान !!
तर जन्मजस्तो पबित्र घर !
खोजेर कहिल्यै नपाइदो रहेछ !!
न बिर्से कहिल्यै न बिर्सनसक्ने !
स्वर्गीय मातृभूमी नपाइदो रहेछ !!
-------------४ --------------------------------
( ---: क्रमश : "मेरो कथा मेरो व्यथा" खण्डकाब्य बाट )
----------(समाप्त )--------------

No comments:

Post a Comment