आज अन्तराष्ट्रिय नर्सिङ्ग दिवस
बिरामीको सेवालाई सँधै आफ्नो जीवन भन्दा महत्व दिने, जस्तो सुकै परिस्थितिमा पनि सेवा नै धर्म हो भनेर बिरामीको सेवामा तत्पर रहने सबै नर्स दिदीबहिनीहरुमा अन्तराष्ट्रिय नर्सिङ्ग दिवसको अबसरमा सलाम एवम सम्मान 🙏
जस्तोसुकै विषम एबम बिकराल परिस्थितिको बाबजुद पनि रत्तिभर बिचलित नभई उच्च आत्मबल र सतर्कता अपनाउदै नेपाल क्यान्सर हस्पिटलका स्टाफ नर्सहरुले गर्नु भएको अथक सेवा निकै प्रशंसनीय छ।
नर्सिङ दिवसको उपलक्ष्यमा दिनरात काम गरेर अग्रपंक्तिमा रहनुहुने नेपालका सम्पूर्ण नर्सिङ संकायलाई म सलाम गर्दछु । हामीले स्वीकार गर्नैपर्छ कि यहाँहरुको महान पेशा बिना हामी स्वास्थ्य सेवाको कल्पना पनि गर्न सक्दैनौं।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर समर्पित नर्सिङ टोली भएकोमा गर्व गर्दछ। यहाहरुको समर्पणले नै नेपाल क्यान्सर अस्पताल आज यस उचाइमा पुगेको छ ।
अन्त्यमा, अन्तराष्ट्रिय नर्सिङ्ग दिवसको सु-अबसरमा यहाँहरुको पेशागत उन्नती र प्रगतिको निम्ति हार्दिक शुभकामना प्रकट गर्दछु ।
यहाहरु सबैलाई धन्यवाद।
ड़ा सुदिप श्रेष्ट
कार्यकारी अध्यक्ष, नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर
No comments:
Post a Comment