Tuesday, November 22, 2022

नेपाल हाम्रो कति छ राम्रो ...........। भरतपुरको प्रतियोगिताको निम्ति

 नेपाल हाम्रो कति छ राम्रो ...........।        (छन्द :झ्याउरे , शब्द संख्या : १३५  प्रतियोगी कबिता )


यो मेरो देश नेपाल हेर, झन भाव फुर्दछ !

यो मेरो देश नेपाल सम्झ, झन दीप्त जल्दछ !!

धानको बाला तराई झुल्छ, सुनको फसल !

गुराँस रातो गमक्कै फुल्छ, पहाड झलल !!

तोरीको बारी पहेलै फुली, मधेश हासेको !

डाँफे  र मुनाल जुरेली चरी, मसंग नाचेको !!

-------------------------१ -------------------------

आँखामा मेरो त्रिशुली बग्छ, आँखामै गण्डकी !

हिमाल मेरो छातीमा अड्छ, मुटुको ढुकढुकी !!

म फुल्छु मेरै राष्ट्रको फूल, बनेर चमेली !

म जल्छु आफै खरानी भई, आगो झैँ दनदनी !!

मेची र काली, लिपु र नाला देशको सिमा हो !

कोशी र भेरी बगेको मेरो, रगत नशा हो !!

-------------------२ ----------------------------

सोरेठी गाउला, लैबेरी गाउला, सुसेली भाकामा !

जनक बुद्द बिभूति  हाम्रो, स्वर्गको काखमा !!

लेक र बेशी, खोल्सा र भन्ज्यांग, पहाडी बाटोमा !

पसिना भिज्छ, पौरख काढ्छ, नेपाली माटोमा !!

हरियो बन देखेर होला, हिमाल हाँसेको !

नेपाल आमा स्वर्गको देश, म आफू बाचेको !!

-----------------------३ --------------------------------

           (समाप्त )

डा दीपक यात्री 

  लेखनाथ -२७ , कास्की 

हाल : प्रमुख सूचना प्राबिधिक , 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर 

सम्पर्क फोन नं : 9813456374

ई-मेल : deepak1.hclcdc@gmail.com

No comments:

Post a Comment