भरतपुर नगरपालिकाको कविता महोत्सवमा प्रतियोगी कबिता :
मेरो राष्ट्र, मेरो प्रतिबिम्ब:
म उठे राष्ट यो उठ्छ भने उठ्छु सबेरमै !
म हाँसे देश यो हास्छ भने हास्छु हिमाल झैँ !!
बगेको तराई देख्दा आँखामै बग्छ बेदना !
लाग्छ त्यै बगाईमा बाध बनी खडा हुन !!
--------१ -----------------------------------
नाङ्गो आंग कतै देखे निर्बस्त्र हुन्छ यो मन !
लाग्छ यही भूमीको बस्त्र दर्जी भई सिलाउन !!
वैलेका फूलका थुङ्गा देख्दा दुख्दछ यो मुटु !
लाग्छ त्यही फूलको मुनि पानीको मुल भै फुटू !!
---------------२-------------------------------
रुन्छ माटो जहाँनेर बाढी पैह्रो प्रकोपमा !
मुर्छा परी दिल दुख्छ रुन्छ बुद्ध स्वयममा !!
कोरोनाको कहरमा राष्ट्र बन्दछ ब्याकुल !
लाग्छ यही राष्ट्रको निम्ति बनूँ सुई कोभिशील !!
------------३-----------------------------------
अन्जुलीभरि ऐसेलु लिई कचौरीमा काफल !
बाड्नेछु टिपेर दाना हजारौ रसिला फल !!
आँखामा त्रिशुली बग्छ, आँखामै बग्छ गण्डकी !
हिमाल छातिमा अड्छ, मुटुको ढुकढुकी बनी !!
-----------------------४ -------------------------
म फुल्छु राष्ट्र यो फुल्छ भने बनी सुनाखरी !
म जल्छु खरानी भई राष्ट्रकै निम्ति दन्दनी !!
भू-कम्पको प्रकोपमा ढलेको त्यो धरहरा !
फेरी ठडिए झैँ उठ्छु जगाउदै सबै जना !!
---------------------५ --------------------------------------
(समाप्त )
डा दीपक यात्री , लेखनाथ -२७, कास्की नेपाल
No comments:
Post a Comment