Friday, November 4, 2022

छोरी म हूँ कोमल !

 छोरी म हूँ कोमल !


कोमल म उठे दाङ बिशे नगरीमा खोजेर जनादेश !

यात्रा भब्य हुदैछ हर घर, आशिषको खातिर !!

बोकी धार्मिक आस्था हृदयमा, आत्मा गरी पावन !

बिन्ति चुनावमा अमुल्य मतको, छोरी म हूँ कोमल !!

--------------------१ ------------------------------------------

नारी हूँ शक्त र भक्त हजुरकी, प्यारी छोरी दाङकी !

एमाले पार्टिको सदस्य म भए, सूर्य झैँ तेजस्विनी !!

शाश्त्रीय परम्परा र विधिका हुन्छन सारा मन्थन !

प्यारो राष्ट्रिय  पार्टिभित्र एमाले , छोरी म हूँ कोमल !!

--------------------२ --------------------------------------

हुन्छन सन्त महन्त साधक सबै विद्वताका सभामा !

हुन्छन बृद्द,बाल, किशोर सबै भएर समाहित !!

राष्ट्र राष्ट्रियता र सार्बभौम अखण्ड हुन्छ यहा चिन्तन !

हाम्रो प्रिय पार्टि हुन गो एमाले, छोरी म हूँ कोमल !!

-----------------३ ------------------------------------------

यात्रामा शशी सूर्य छन् गगनमा, अटल प्रकाशक !

झण्डामा रबि सूर्य छन हृदयमा, नेपाल सम्बाहक !!

आशिर्बाद मिलोस सदा बर मिलोस अमूल्य मत एक !

बिन्ति चुनावमा अमूल्य मतको, छोरी म हूँ कोमल !!

-------------४ ------------------------------------------

                      शब्द रचना : सुश्री कोमल वली 

                        प्रतिनिधी सभा उमेदवार, दाङ्ग -३ 

No comments:

Post a Comment