Saturday, July 23, 2022

नेपाल क्यान्सर (गीत):

 नमस्कार  !

              हजुरले अनुरोध गरे बमोजिम मैले नेपाल क्यान्सर   (गीत) रचना गरेको छु।  यसलाई सक्दो  गायनयोग्य र संगीतयोग्य बनाउने प्रयास गरेको छु।

 

नेपाल क्यान्सर   (गीत):


स्वास्थ्य मेरो धन हो , स्वास्थ्य मेरो प्राण !

स्वास्थ्य मेरो जीबन हो , इश्वरको दान !!

स्वस्थ खान्छु , स्वस्थ बस्छु स्वस्थै मेरो जीबन !

क्यान्सर शंका लाग्यो भने नेपाल क्यान्सर !!

-----------१ -----------------------------

गुट्खा खैनी खान्न म त सुर्ती पनि खादिन !

चुरोट बिडी तमाखु त कहिल्यै  हेर्दिन !!

जाँड रक्सी मादक हो , बस्छु म त पृथक !

क्यान्सर निदान गर्न परे , नेपाल क्यान्सर !!

--------------२ ---------------------------

पहिलो चरण निदान गर्छु , पहिलो चरण उपचार !

क्यान्सर निको हुनेगर्छ, छैन मलाई डर !!

किमो अनि  रेडिएसन सर्जरीको इलाज !

सर्ब सुलभ लोकप्रिय छ , नेपाल क्यान्सर !!

--------------३ -----------------------------

नेपालीको क्यान्सर उपचार हुन्छ नेपालमै !

उत्कृष्टता हेरचाह हाम्रो मूल मन्त्र नै !!

संदेश सारा फैलाऊ, जन चेतना सारा !

सर्बसुलभ मितव्ययी छ नेपाल क्यान्सर !!

-----------४ ----------------------------

    (समाप्त )

  श्रष्टा : डा. दीपक यात्री 

  प्रमुख सुचना प्राबिधिक तथा युनिट प्रमुख

  नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

No comments:

Post a Comment