Thursday, May 29, 2025

भावपूर्ण श्रद्धान्जली

  यस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी सहकर्मी मित्र प्रफुल्ल झाको  पिताको  देह्बसान भएको  खबरले स्तब्ध भएका छौ।  

यस दु:खद  घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकूल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौ ।

 हामी यस दुखद परिस्थितिको सामना गर्न प्रफुल्ल झा एबम सम्पूर्ण परिवारलाई शक्ति प्रदान गरुन भनी  श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौं | साथै स्वर्गीय बुबाप्रति संस्थागत एबम व्यक्तिगत तर्फबाट भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गर्दछौं |  

                                                                    ---  डा गिसुप निख प्रसिको 

                                                                       विभागीय प्रमुख, रेडिएसन एण्ड अन्कोलोजी बिभाग 

                                                                      नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , हरिसिद्दी ललितपुर 

Tuesday, May 20, 2025

स्वदेशको माया

 स्वदेशको माया

  हिमाल हिमालमा उपचार मागेर पुग्दैन

आफै संजीवनी बोकेर उक्लिनुछ

पहाड पहाडमा बिकास मागेर हुदैन

आफै बेल्चा, खन्ती गैची भएर खनिनुछ

तराई तराईमा खेती चाहेर हुदैन

आफै कुलो नहर भएर बगिनुछ।

 

किनभने ,

भित्र एकलव्यको आस्था भगीरथको साहस उब्जेका छन

भित्र स्वयम्भूका आँखा अरनिकोका औलाहरु चलमलाएका छन

भित्र बुद्दको ज्ञान सीताको शील जागेका छन

भित्र बलभद्रको देन अमरसिंहको राष्ट्रप्रेम जुर्मुराएका छन

 

त्यसैले ,

हिमाल पगाल्नुछ, पहाड फोर्नुछ, तराई जोत्नुछ

आफ्नो हत्केलाका भाग्यरेखा आफ्नै पसिनाले कोर्नुछ

जागृतीका ऋचाहरु पढ़नुछ, संप्राप्तिका बालीहरु गोड्नुछ

बिकासको सगरमाथा चढ्नुछ, उत्साहको कर्णाली तर्नुछ

 

अब,

आबश्यकताको बारीमा संप्राप्तिको बोधिवृक्ष रोप्नुछ

प्रेरणाको थालीमा कर्मका अक्षताहरु पुज्नुछ

पौरखको मन्दिरमा सेवाका नैवेद्यहरु चढाउनुछ

आस्थाको कलशमा  बिकासको दियालो बलाउनुछ

 

आखिर,

माटोको किरिया खाएर  भन्छु-

भित्र मात्र मुटु छैन, मुटुभित्र देश पनि अडेको

भित्र मात्र रगत छैन, रगतसंगै गण्डकी पनि बगेको

मसंग मात्र छाती छाती छैन, छातीभित्र हिमाल पनि अडेको

मसंग मात्र आँखा छैन, आँखाभित्र गुराँस पनि फुलेको

 

अन्त्यमा,

मेरी आमा मलाई साइतमा जुराएको दही अक्षता लगाईदिनू

मेरी आमा मलाई शुभमुहूर्तमा सगुनको रातो टीका लगाइदिनू

यो देश रोप्नुछ यो देशका कर्मठ रोपाहाराहरुसंग

यो देश गोड्नुछ यो देशका परिश्रमी बाउसेहरुसंग

   “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”

-------------------समाप्त --------------------------

 

  श्रष्टा: डा. दीपक यात्री

पोखरा -२७ कास्की

हाल : नेपाल क्यान्सर हस्पिटल , ललितपुर

मोबाइल नं: ९८१३४५६३७४

-मेल : deepak1.hclcdc@gmail.com

Sunday, May 11, 2025

अन्तराष्ट्रिय नर्सिङ्ग दिवसको उपलक्ष्यमा शुभकामना !

 अन्तराष्ट्रिय नर्सिङ्ग दिवसको उपलक्ष्यमा शुभकामना !


आज मे १२ तारेख !  अन्तराष्ट्रिय नर्सिङ्ग दिवस !!

              जस्तो सुकै विषम परिस्थितिमा पनि  फ्रन्टलाइनमा बसेर संक्रमितहरुका लागि जीवनको ज्जोति छरिरहेका नर्सहरुको लागि आज विशेष दिन ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्ष मे १२ तारिखको दिन मनाइन्छ । सन १९७४ को जनावरीमा निर्णय गरी फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात मे १२ तारिखलाई प्रत्येक बर्ष अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा विश्वभर मनाइने गरिन्छ। यस बर्षको नारा "हाम्रो नर्स, हाम्रो भविष्य (Our Nurses, Our Future)" रहेको छ। 

दिनरात नभनी, जस्तो सुकै विषम परिस्थितीमा पनि अविचलित हुदै  मन्द मुस्कान लिएर निरन्तर स्वास्थ्य सेवामा लाग्ने यस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका सम्पूर्ण नर्सहरुलाई अन्तराष्ट्रिय नर्सिङ दिवसको अबसरमा यहाहरुको पेशागत उन्नति र प्रगतीको निम्ति हार्दिक शुभकामना ब्यक्त गर्दछु।  साथै आगामी दिनहरुमा अझै उत्कृष्ट सेवा दिन सक्ने उर्जा र प्रेरणा मिलोस भन्ने शुभेच्छा प्रकट गर्दछु। 

      --प्रार्थी , डा सुदीप श्रेष्ठ

               अध्यक्ष नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर