माटो र मातृभूमि :
बास्तवमा,
मानवतालाई पुजेपछि
देवता पुजिरहनु पर्दैन
राष्ट्रियतालाई ढोगेपछि
ढोग्नकोलागि कुनै मन्दिर रहदैन
राष्ट्रप्रेमी भाकल चढाएपछि
कुनै देवी देवतालाई बलि दिनु पर्दैन।
----------१--------------------------
हुन पनि,
लालुपाते फूलको रंगभन्दा माटोको मुहार
सुन्दर हुन्छ।
बुकीफूलको बासनाभन्दा माटोको सुबास
मधुर हुन्छ।
प्रियसीको प्यारभन्दा माटोको अंकमाल
आकर्षक हुन्छ।
-----------२ --------------------------
त्यसैले त,
मैले पराइलाई पसिना बेच्दा
मेरो माटोको आत्मा धुरु धुरु रुन्छ
मैले विदेशीलाई सलामी ठोक्दा
मेरो माटोको स्वाभिमान निहुरेर झुक्छ
मैले पराई भूमिमा नंग्रा खियाउदा
मेरो आफ्नो माटो बाझो र जर्जर हुन्छ।
------------------३ --------------------
भो मलाई अब,
बुद्दको शान्ति छाडेर
गुराँसको आँखा त्यागेर
कसैको माटो छुनु र खेल्नु छैन
बरु,
म माटोको किरिया खाएर भन्छु-
ॐ शान्ति, म यो देश माटोमा रोपिरंहू रोपाहाराहरुसंग
ब्रम्ह शान्ति, म यो देश माटोमा गोडिरंहू खेतालाहरुसंग
बिश्व शान्ति, म यो देश माटोमा खानिरंहू बाउसेहरुसंग
------------४ -------------------------------------
(समाप्त )
स्रष्टा : ड़ा दीपक यात्री
लेखनाथ-२७, कास्की
हाल :प्रमुख सूचना प्राबिधिक ,
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर
ललितपुर नेपाल
दिनांक : २०७९ साल माघ ७ गते
No comments:
Post a Comment