खुशीले भो मनै फुरुङ्ग :
--------------------------
सपनीमा मैले एउटा लालीगुरास देखे ,
बिपनीमा मैले त्यही गुरास आफै टिपे।
फूलै फुल्यो रानी बनमा, फुल्यो मेरो दिलमा,
माहुरीले रस चुस्यो, मह पर्यो गुँडमा।
हजुर, मेरो दिलको गुँडमा
मेरै दिलको गुँडमा
सपनीमा मैले एउटा लालीगुरास ...
बिपनीमा मैले त्यही ..............
--------------१ -------------------------
मन मेरो भयो चंगा उड्यो सागरमा,
उड्यो सगरैमा ,
दिल मेरो चराजस्तो घुम्यो आकाशमा
घुम्यो आकाशैमा ।
कोइली गाउछे कुहु कुहु मनको मझेरीमा ,
हासो छाड्ने ठाउ पाइन बतास बयेलीमा।
घाम लाग्यो, जून टलक्यो पूर्णीमाको बेलै ,
घाम जून भन्दा बढी मन टलक्यो बरै।
मन टलक्यो बरै
सपनीमा मैले एउटा लालीगुरास ..........।
बिपनीमा मैले त्यही .......................।
--------२ --------------------------
मेरो मनको बिहानीमा सूर्योदय भयो ,
सूर्योदय भयो।
मेरो मनको प्रभातीमा झलमल्ल छायो ,
झलमल्ल छायो।
तोरीबारी फूल फुल्यो तराइको फाँटमा ,
तोरीजस्तै फुले मेरा मनका सारा सपना।
हिमालको बुकी फूल छर्छ मीठो बासना ,
हजुर छर्छ मीठो बासना।
बुकी फूलभन्दा मीठो भयो मेरो दिन,
हजुर भयो मेरो दिन।
सपनीमा मैले एउटा लालीगुरास ..........
बिपनीमा मैले त्यही .......................
---------------------३ ------------------------
(समाप्त )
No comments:
Post a Comment