Thursday, March 17, 2022

शिशा सरी मेरो जीवन चर्किएर फुटीगयो........

 


शिशा सरी मेरो जीवन चर्किएर फुटिगयो........। 


शिशा सरी मेरो जीवन चर्किएर फुटिगयो !

शीत सरी मेरो भाग्य घामसंगै सुकिगयो !!

सल्बलाउने ओठ साटो अबरुद्द गला भयो !

बसन्तको पालुवा त सुनामीको  छाल भयो !!


सिसासरी मेरो जीवन चर्किएर फुटिगयो !

शीत सरी मेरो भाग्य घामसंगै सुकिगयो !!

----------१ ---------------------------------

तेल पनि थप्दै थिए रातभरी दियालोको !

बतासले निभाइदियो अन्धकार रात छायो !!

पूर्णिमाको जुनेली नि मेरो लागि रात भयो !

सपना सजाई फुल्ने फूल खालि अब पात भयो !!


शिशा सरी मेरो जीवन चर्किएर फुटिगयो !

शीत सरी मेरो भाग्य घामसंगै सुकिगयो !!

-------------२ ----------------------------------

धर्ती रोयो, आकाश रोयो , बतास पनि रोयो !

मेरो मनको विरहमा आँसु आफै रोयो !!

मेरो दिलको बसंतीमा कोइली कति रोयो !

कुहु कुहु भाका संगै आफैसंग रोयो !!


शिशा सरी मेरो जीवन चर्किएर फुटिगयो !

शीत सरी मेरो भाग्य घामसंगै सुकिगयो !!

--------------( समाप्त ).........................। 


श्रष्टा : डा. दीपक यात्री 

प्रमुख सूचना प्राबिधिक , नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

हरिसिद्धि ललितपुर 

स्थायी : लेखनाथ -२७ , कास्की 

रचना मिति : २०५२ साल, कार्तिक २४ गते 

No comments:

Post a Comment