" ए श्रावण कति सम्झू "
भलले उर्लेर होला, खहरे गडगडाउदै !
टारी र बारीको कान्ला यत्रतत्र बगाउदै !!
थामिन सकेन होला,पैतेको कुलोले पनि !
गडुवा अझ बढेर बग्यो होला अरु बढी !!
-----------१ --------------------------
कालो मेघ गर्जदै होला, बर्षाबनी निरन्तर !
मुसलधारे पानी पर्दा दिपाङ्गको दृश्य सुन्दर !!
ठूलो पधेरीकोमाथि जरुवा फुटेको होला !
सानी पधेरीको कुवा रसाएर बढ्यो होला !!
-----------२ ----------------------------
कोलाको स्वारको चौर हरियो घासले होला !
गाइभैसी गोठालेको जमघट भयो होला !!
गयो कि पहिरो कतै टारी खेत खस्यो कि त !
खुट्टे र पैतेको गाभो बाढीसंगै बग्यो कि त !!
----------३ ---------------------------------
ए श्रावण कति सम्झू अरु भक्कानो उठ्दछ !
ए श्रावण कति लेखू, अरु भावना बग्दछ !!
नसम्झेमा सुख छैन सम्झेको हुन्छ सुन्दर !
लेख्दैछु कबिता तिम्रो झार्दै आँशु बर्बर !!
------- ४ -------------------------
(समाप्त )
--इ. दीपक यात्री
सिनियर इञ्जिनिएर ;भेरिएन सिस्टम
पोखरा लेखनाथ -२७ ; अर्चले ;कास्की नेपाल
हाल: हैदराबाद भारतमा कार्यरत
No comments:
Post a Comment