Sunday, June 20, 2021

असार पन्द्रह.....

 

(गत बर्षको पोस्ट ,सारै मन परेकोले पुन: यो बर्ष पनि पोस्ट गर्दैछु |)
गाउघर छाडेको दुइ दशक नाघेछ हो !
यो असार पन्द्रह माचामाचको बेलामा घरमा बुबाआमालाई खेताला र बाउसे खोज्नको चटारो होला | कता बुबाले छोरो आएपछि रोपाई आटुला ,एउटा भएपनि बाउसे थपिएला भन्दै बाटो पो हेर्नु भएको छ कि !
बिन्ति ! छोराले खेतीपाती बिर्सेको छैन बरु भारी मन बाधेर कागज रुपी पुर्ख्यौलीको खेतमा कलम रुपी कोदालीले खेत खन्दै शब्द रुपी धान रोप्दै छ :
...
असार पन्द्रह.....
असारको दब,दब हिलो छायो |
असार पन्द्रह घुमिफिरी आयो ||
बजाउदै पात,खेत तर्फ लागौ|
छतरी र स्याखु ,तयार राखौ ||
--------१-----------------
दही चिउरा रोटी खेतालाका खाजा |
चुरेट रक्सी ,हलिकै कलेवा ||
उठ भाई हो, बाउसे शक्ती जागी|
मनाऔ पन्ध्रे हिलो छ्यापी छ्यापी ||
---------२-----------------
लाग्दैन सर्दी, हिलो छ्यापेपनी |
घट्दैन इज्जत बिउ रोपे पनी ||
छुपु छुपु बिउ रोपी देखाऊ |
गैरीको खेत हरियो बनाऊ ||
------३-----------------
गरेर सेंचन ठुलो कुलो लगाऔ |
बाझो त्यो टारी जलले भराऔ ||
असारे मुशलधारे वर्षा छायो |
असार पन्ध्र घुमिफेरी आयो ||
---४----------------------
(समाप्त )
--इ. दीपक यात्री
सिनियर इञ्जिनिएर ;भेरिएन सिस्टम
हैदराबाद भारत
स्थायी ठेगाना: लेखनाथ -६ ,कास्की नेपाल
नोट:छन्द,लय,मात्रा त्रुटिको निम्ति माफ चाहन्छु |
भाब व्यक्तमा केही सफल भएमा लाइक चाहन्छु |

No comments:

Post a Comment