Friday, November 15, 2019

नेपाली छन्द अभ्यास पाठशाला

सूचना ! सूचना !! सूचना !!!
नेपाली साहित्यको रसिलो बिधा छ्न्द का अनुयायी तथा प्रेमी सम्पूर्णमा हार्दिक नमस्कार ! विभिन्न कालखण्डमा छन्दमा सजिएका काव्यहरुले नेपाली साहित्यको धरातललाई मजबुत र फराकिलो बनाउँदै आएको तथ्य सर्वबिदित नै छ | संस्कृत साहित्यमा आचार्य पिङ्गलले प्रतिपादन गर्नुभएको छन्दपरम्परालाई पछिल्लो समयमा अझ फराकिलो बनाउँदै नेपाली छन्दका ज्ञाता पोस्टराज चापागाईंले नेपाली हिमालका नामबाट नयाँ छन्दको प्रतिपादन गर्नुभएको ब्यहोरासँग हामी अपरिचित छैनौ | छन्दशिखर"को नाममा प्रकाशित १०१ छन्दमा नियमित अभ्यास चलिरहेको बेला, उक्त अभ्यासलाई सामाजिक संजाल फेसबुकमा संचालन गर्दै आइरहेको "नेपाली छ्न्द अभ्यास पाठशाला " नामको पब्लिक ग्रुपको उक्त अभ्यासलाई थप सशक्तीकरण गर्ने ध्येयका साथ "छन्द शिखर" मा सङ्ग्रहित छन्दहरुमा आधारित रहेर यो ग्रुप गजल सङ्ग्रह प्रकाशन गर्ने निचोडमा पुगेको छ | छन्दमा गजल लेख्दै आउनुभएका तमाम आदरणीय सर्जकहरु तथा "नेपाली छन्द अभ्यास पाठशाला" अभ्यास गर्दै आउनुभएका सम्पूर्ण गजलकारहरूबाट , "छन्द शिखर" मा निहित रहेर लेखिएका गजलहरुको सम्पादक मण्डल अपेक्षा गर्दछ |
नियमहरू –
१) गजल "छन्द शिखर"का कुनै एक छन्दमा लेखिएको हुनुपर्ने छ ! गजलमा छन्दको नाम, गण, सूत्र र विश्राम खुलाइएको हुनुपर्ने छ |
२) गजल नितान्त मौलिक हुनुपर्ने छ |
३) गजलले गजलका सबै तात्विक गुणहरू पालना गरेको हुनुपर्ने छ |
४) काफिया भरसक नदोहोरिएका र दोहोर्याइहाले पनि अत्यन्त चामत्कारिक भाव छोड्ने भए एकपटकसम्म दोहोर्याएका काफियायुक्त गजल स्वीकार गर्न सकिने छ |
५) गजल छनौटको मुख्य आधार भाव र छन्दपक्ष हुनेछ |
६) गजल कुनै साम्प्रदायिक भावमा खलल पुर्याउने खालको भएमा मान्य हुने छैन |
७) अन्य सर्जकका गजलसँग मेल खाने वा बाझिने गजल मान्य हुने छैन, यदि सो प्रकारका गजल प्राप्त हुन आएमा वा अज्ञानतावश छनौट भएमा सम्पादक मण्डल जवाफदेही हुनेछैन |
८) एक स्रष्टाले २ वटा ‘छन्द शिखर’ का छन्दमा आधारित गजल पेश गर्नुपर्ने छ, उत्कृष्ट एउटा गजललाई सङ्ग्रहमा समावेश गरिनेछ, बाँकी १ वटा गजलको गोपनियतालाई सम्पादक मण्डलले सुरक्षित राख्ने छ र गजल संग्रह प्रकाशित भए पश्चात् उक्त अप्रकाशित गजल सर्जकले अन्य प्रयोजनको लागि प्रयोग गर्न सक्नेछन् |
९) सङ्ग्रहको लागि पठाइएका गजल अन्य कुनै पनि माध्यमबाट प्रकाशित नभएको हुनुपर्ने छ र छनौट भएमा पुस्तक प्रकाशन नहुँदासम्म सर्जकले अन्य माध्यमद्वारा प्रकाशन गर्न पाउने छैनन् तथा प्रकाशन भएको थाहा हुन आएमा उक्त गजल रद्द गरिनेछ |
१०) प्रकाशन हुन लागेको छन्द गजल सङ्ग्रहको नाम "शैलहार" हुनेछ ! कुनै सर्जक वा अन्य कोही कसैको आग्रह वा दबाबमा पुस्तकको नाम परिवर्तन हुने/गरिने छैन |
११) सर्जकले छपाइका लागि कुनै शुल्क तिर्नुपर्ने छैन अथवा गजल निशुल्क छाप्ने व्यवस्था सम्पादक मण्डलले गर्नेछ |
१२) गजल संग्रह बिक्रीपश्चात् जम्मा भएको रकम गजलकार, सम्पादक, संरक्षक वा प्रकाशक कसैलाईलाई दिइने छैन। उक्त रकमको आधा बाल विकाश मञ्चद्धारा संचालित कीर्तिपुर स्थित ‘माया घर बालाश्रम’लाई र बाँकी अर्को वर्ष प्रकाशन हुने नया संग्रह वा दोस्रो संकरण प्रकाशनको लागि राखिने छ |
१३) सङ्ग्रह सम्बन्धी सम्पूर्ण अधिकार सम्पादक मण्डलसँग रहनेछ |
१४) गजल छनौटको लागि छनौट समिति रहनेछ तर उक्त समूहका सदस्यको नाम गोप्य रहनेछ |
१५) सङ्ग्रहमा छनौट भएका गजलका सर्जकलाई गजल संग्रहको १ प्रति निशुल्क उपलब्ध गराइने छ |
१६) सार्वजनिक भैसकेका कुनै पनि गजललाई छनौट गरिने छैन र ऐन समयमा अन्यत्र प्रकाशित भैसकेको भन्ने सप्रमाण दावी-विरोध आएमा त्यस्ता गजललाई खारिज गरिने छ |
१७) एकल वा अन्य गजल सङ्ग्रहमा गजल प्रकाशन गरिसकेका सर्जकलाई पनि गजल पेश गर्ने अवसर प्रदान गरिनेछ एवं गजल संग्रहमा अग्रज गजल र अनुज गजल गरी दुई खण्ड राखिने छ |
१८) पुस्तक मोचनमा गजरकारलाई सम्मान पत्र र खादाले सम्मान गरिने छ |
१९) गजल पठाउनुपर्ने अन्तिम मिति यही मिति २०७४ भाद्र ३१ गते हुने छ र तोकिएको समयभित्र सम्पादक मण्डलसमक्ष आई नपुगेका गजल यस संग्रहमा सामेल गरिने छैन |
२०) गजल सम्पादक मण्डलका सदस्यमध्ये कुनै एक सदस्यको फेसबुकको inbox मा पठाउनुपर्ने छ (सबै सदस्यलाई नपठाउनु होला, हामीलाई छनौटको क्रममा समस्या हुनेछ) |
२१) गजल प्राप्त भै सकेपछि छनौट भएको जानकारी सर्जकहरूको नाम फेसबुकमार्फत सार्वजनिक गरिनेछ र कुन गजल छनोटमा पर्योग भनी बताइने छैन । सर्जकले दुबै गजल गोप्य राख्नु पर्ने छ।
२२) गजल परिमार्जन गर्नुपर्ने अवस्था सम्पादक मण्डललाई बोध हुन आएमा, सर्जकसँगको समझदारीमा परिमार्जन गरिनेछ, सो बेहोरा सर्जकलाई ऐन समयमा जानकारी गराइनेछ |
२३) छनौटमा नपर्ने सर्जकहरुले यसलाई साहित्यिक प्रतियोगिताका रूपमा लिई यस्तो निर्णयलाई हार्दिकतापूर्वक एवं इमानदारीपूर्वक स्वीकार गर्नुपर्ने छ ! गजल छनौट नहुनुको कारण तपाईंका गजल नराम्रा हुनु होइन, बरु अन्य सर्जकका गजल तपाईंका भन्दा राम्रा हुनु हो भन्ने बुझाइ हुनुपर्ने छ |
२४) सूचना फेसबुकबाट सार्वजनिक गरिनेछ, कुनै सर्जकले बिर्सेर पनि सूचनाको कमेन्ट बक्समा आफ्ना गजल पोस्ट नगर्नुहोला, यदि त्यसो हुन आएमा सूचना प्रकाशक वा सम्पादक मण्डल जिम्मेवार रहने छैन, सर्जक स्वयं त्यस्को जवाफदेही हुनुपर्ने छ |
२५) गजल संग्रहको संरक्षकमा ‘छन्द शिखर’का स्रष्टा श्री पोष्टराज चापागाईं, सम्पादक मण्डलमा रेशम अधिकारी, कृष्ण भुसाल 'प्यासी', र नारायण 'काइलो' रहनेछन्, त्यसै गरी प्रकाशक गौरी पब्लिकेशन प्रा. लि. काठमाडौ रहने छ |
२६) गजलकारले गजल पठाउँदा गजलमा आफ्नो पूर्ण ठेगाना र एक प्रति फोटो अवश्य पठाउनु पर्ने छ |
२७) ‘छन्द शिखर’ प्राप्त गर्न नसक्नु भएका तमाम सर्जकहरूका लागि केही छ्न्दहरू यसै सूचनाको अन्तिममा राखिएको छ |
२८) साहित्यको छन्द विधामा नयाँ सर्जक खोज्ने र सर्जकलाई उत्पेरणा दिंदै लेखनकार्यमा जुटाई नेपाली छन्द साहित्यको भण्डारलाई अझ फराकिलो बनाउदै लैजाने हाम्रो लक्ष्य र अभियान हुनेछ |
गजल लेखनका लागि केही छन्दहरू –
छन्द, गण, संकेत, विश्राम 1
१.चुरेन, जर, lSl SlS, २
२.काङ्टेगा, मय, SSS lSS, २
३.ताक्फु, ररगु, sis sis s, ३
४ हिउँचुली, नरगु, iii sis s, ४
५ जोम्सोम, ततगु, ssi ssi s, ४
६ ल्होत्से, मतगुगु, sss ssi ss, ४
७ फुँगी, यजगुगु, iss isi ss, ३
८. दोर्जे लाक्पा, यतगुगु, sss ssi ss, ४
९. होङ्दे, सतगुगु, iis ssi ss, ४
१०. पाबुक्काङ, मजय, sss isi iss, ५
११. रोकापी, नमय, iii sss sss, ५
१२. याला, तमय, ssi sss iss, ५
१३. तालुङ, जभर, isi sii sis, ४
१४. स्वेलोखान, मसस, sss iis ii, ३-३
१५ पुथा, ययर, iss iss sis, ३ अर्ध ६ पूर्ण
१६. धम्पुस, नभरगु, iii sii sis s, ४
१७. यान्मेकाङ, मयर, sss iss sis, ५
१८. शेर्सोन, तसरगु, ssi iis sis s, ६
१९. पासाङ ल्हामु, तररगु, ssi sis sis s, ४ र ७
२०. नाम्पा, यभरगु, iss sii sis s, ४
२१. चेओ, जमरगु, isi sss sis s ५
२२. हिमालचुली, जजजगु, isi isi isi s, ५
२३. उर्केमा, मयरगु, sss iss sis s, ५
२४. उराई, ययरगु, iss iss sis s, ५
२५. कागमारा, रतरगु, sis ssi sis s, ५
२६. चेकिगो, रजतगु, sis isi ssi s, ५
२७. घुस्तुङ, भमसगु, sii sss iis s, ५
२८. पत्रासी, यतमगु, iss ssi sss s, ५
२९. गजाङ, रयरगु, sis iss sis s, ६
३०. तासिकाङ, सजजलगु, iis isi isI is, ५
३१. तारेकाङ, नमतगुगु, iii sss ssi ss, ५
३२. तिल्जे, सयतगुगु, iis iss ssi ss, ६
३३. चण्डी, यररगुगु, iss sis sis ss, ६
३४. साम्दोपिक, तयजगुगु, ssi iss isi ss, ६
३५. पाबिल, नभरस, iii sii sis iis, ७
३६. रोमा, यरमय, iss sis sss iss, ४ र ८
३७. गङ्गापूर्ण, जमयय, isi sss iss iss, ४ र ८
३८. अबि, ससजम, iis iis isi sss, ८
३९. सिस्ने, यरजम, iss sis isi sss, ४ र ८
४०. पान्बारी, तरसम, ssi sis iis sss, ६
४१. घिमिगेला, जतयय, isi ssi iss iss, ५
४२. लिन्त्रेन, नरयय, iii sis iss iss, ६
४३. सिंगुचुली, नयसय, iii iss iis iss, ६
४४. चाङ, रजतर, sis isi ssi sis, ७
४५. खोंगमाछे, ययमय, iss iss sss iss, ६
४६. जुम्दुला, यरनर, iss sis iii sis, ६
४७. कोक्थाङ, नरमय, iii sis sss iss, ७
४८. रक्षा, जरजर, isi sis isi sis, ६
४९. गौरीशंकर, मयभर, sss iss sii sis, ६
५०. थापापिक, तयसय, ssi iss iis iss, ६
५१. त्रिपुरा, सययय, iis iss iss iss, ६
५२. पोखाल्दे, मयमय, sss iss sss iss, ६
५३. मानापाथी, मरमर, sss sis sss sis, ६
५४. पिसाङ, नतररगु, iii ssi isi sis s, ४ र ८
५५. खताङ्काङ, ययतमगु, iss iss ssi sss s, ६
५६. राम्दुङ, भतयसगु, sii ssi iss iis s, ४ र ८
५७. थर्पुचुली, यसभरगु, iss iis sii sis s, ६
५८. ड्रङआङरी, नरजरगु, iii sis iss isi s, ४ र ८
५९. कुम्बाचे, जमजरगु, isi sss isi sis s, ६
६०. क्याबुरा, यजतरगु iss isi ssi sis s, ३,७ र १०
६१. आम्फु, रजरजगु, sis isi sis isi s, पाउको अन्त्यमामात्र
६२. भैरव, नरभरगु, iii sis sii sis s, ६
६३. लुम्बासुम्बा, ममतरगु, sss sss ssi sis s, ४ र ८
६४. तुचे, यनतजगु, iss iii ssi isi s, ३ र ७
६५. चोयु, जतसजगु, isi ssi iis isi s, ५ र ९
६६. पाथीभरा, तरररगु, ssi sis sis sis s, ७
६७. लाङ्मोचेरी, रतमयगुगु, sis ssi sss iss ss, ४,८ र १२
६८. लोबुचे, जजरसलगु, isi isi sis iis is, ७
६९. धाग्पाहे, मयररलगु, sss iss sis sis is, ६
७०. गन्धर्व, भतमसलगु, sii ssi sss iis is, ८ मा पूर्ण ४ र १२ मा अर्ध
जय छन्द, जय गजल, जय साहित्य -!
सम्पादक मण्डल
नेपाली छन्द अभ्यास पाठशाला

No comments:

Post a Comment