Tuesday, March 6, 2018

कबि तुलसी दिवस


अक्षरहरु बीऊ हुन् तिमी यिनलाई छर  !

कोदालीले धर्तीको पाना सम्याउन परे !!

-------- कबि तुलसी दिवस

  मैले  कक्षा १० मा पढ्दै गरेको "अक्षरहरु" कवितालाई नेपाली गुरुले धेरै व्याख्या गर्नुभयो   सानो छदा  धेरै सुनेको नाम, ठुलो हुँदा धेरै पढेको नाम अनि  लेख्न शुभारम्भ गर्दा  उहाँ  जस्तै बन्छु भन्ने चाहनाको नाम हो - श्रदेय कबि तुलसी दिवस !

 पछि त्रिचन्द्र कलेजमा  आई.एस्सी पढ्दा उहाँसंग चिनाजानी भयो उहाँले मलाइ साहित्य प्रेरणाको निम्ति धेरै पाठ सिकाउनुभयो

धेरै माया गर्नुभयो माया भित्र  धेरै गाली पनि सायद मैले उहाँलाई नभेटेको भए दीपक त्रिपाठीबाट यात्री हुदिनथे होला

 मैले उहालाई नेपाली साहित्यको कविता क्षेत्रमा सुन्दर सरल भाषामा, राम्रो मिठो शैलीमा बिम्ब प्रतीकहरुको उत्कृष्ट समायोजन प्रस्तुति अनि निर्भिक स्पष्टका साथ कविता अभिव्यक्त गर्ने विशिष्ट मानक ( खुबी) भएको कविको रुपमा चिनेको छु । मलाई लाग्छ , मैले उहाँको "तुलसी दिवसका कबिता " पुस्तकलाई दश पटक भन्दा कम  पढेको छैन ।

 उहाकै  संयोजकत्वमा र मेरो जिम्मेवारीमा  त्रि-चन्द्र कलेजमा बि.. २०५३ मा  ऐतिहासिक कबि सम्मेलन सम्पन्न भएको थियो

 उहाँको प्रेरणा मलाइ  अटुट रुपमा मिलिरहोस

आज परेको उहाँको शुभजन्मोत्सवको  उपलक्ष्यमा सुस्वास्थ्य, दीर्घायु, सुख शान्ति, उन्नति सम्वृद्धि, अटल सौभाग्य तथा थप कीर्तिमय जीवनका लागि मङ्गलमय शुभकामना अर्पित गर्दछु 

No comments:

Post a Comment