Thursday, June 2, 2016

“ऐसेलु र काफलको सम्झनामा”

अहो ! चैतेको होलि पर्व आइसकेछ | चैतेको होलिसंगै काफल र ऐसेलुको सम्झना ! सम्झदै मुख रसाएर र दिल रमाएर आउछ | ठुलाकोटको छेडो खोला र भित्तेरीका ती काफल र ऐसेलुको सम्झनामा दुई हरफहरु टक्रयाउदै :

“ऐसेलु र काफलको सम्झनामा”

ऐसेलुले पहेलिई ,डाडापाखा भरे होलान !...
चैतमास खडेरीमा,पात वैली मरे होलान !!
कोईली र न्याउलीले,काफल पाक्यो भने होलान !
मैले चाख्यो उत्तर दिने कोही साथी छैन होलान !!
---------------एक -------------------------------
बैजनरुपी काफलको ,अम्लरुपी स्वाद थियो !
साना गोला दाना देख्दा,आत्माभित्रै रमाउथ्यो !!
घासपात गर्नजादा,पसिनाले नै नुहाएर !
ऐसेलु र काफल खादा,थकान जति हराउथ्यो !!
-------दुई --------------------------------------
ऐसेलुको कॉडाभित्र ,हातपाखुरा कोतरेर !
टिपी फल रुखॉ चढी,खाको स्वाद बेग्लै थियो !!
काफल पाक्यो! काफल पाक्यो !! गीत गाउने चरीसित !
मैले चाख्यो ! मैले चाख्यो !! भन्ने भाका बेग्लै थियो !!
--------------तीन ------------------------------
ऐसेलु र काफल बेच्दै,पढाई गर्ने साथीसंगी !
स्कूलको शुल्क तिर्ने ,एउटा सादा उपाय थ्यो !!
जिन्दगीको बसन्तमा ,ऐसेलुको बोट जस्तै !
कॉडाबीच रस हाल्ने,बाल्यसखा बेग्लै थियो !!
-----------चार ----------------------------------
----------(समाप्त )--------------
--इ. दीपक यात्री
सिनियर इञ्जिनिएर ;भेरिएन सिस्टम
हैदराबाद भारत
स्थायी ठेगाना: लेखनाथ -६ ,कास्की नेपाल
नोट: प्रस्तुत तश्बीरहरु हेर्दा मुख रसाएर आएमा यथार्थ कमेन्ट लेख्न नहिचकिचाउनु होला |

No comments:

Post a Comment