Monday, September 22, 2025

यस पालिको दशैं म आउन पाइन

  यस पालिको दशैं  म आउन पाइन   (छन्द :झ्याउरे )


मखमली फुल्दा, मर्सी धान झुल्दा म आउन पाइन !

सानोमा खेल्ने बतासे पिङ्ग , म खेल्न पाइन !!

आशिष दिने ती धिताल बाबा म भेट्न पाइन !

अक्षता भर्ने सुब्बिनी आमा यसपाली आइन !!

----------------१ ----------------------------------

गाउघरतिर दशैं नि आयो परदेशमा बिरानो !

लठठे र रोटे पिङ्ग मच्चे होलान बिदेशमा अकेलो !!

गाऊघरदेखि धेरै नै टाढा बिरानो मुलुक !

लेख्दैछु सारा पोखेर आफ्नो बेदना बिरह !!

---------------------२ -------------------------

ती जुम्ली बाबा बुढाको चौर बसेर कुर्दा हुन !

पिङ्गको लट्ठो बटार्दै सारा हामीलाई सम्झे हुन !!

टीकाराम बाबा लगाउदै उर्दी बाटोलाइ खन्नलाई !

पौडेल बाबा गुहार्दै होलान गाऊघरे ठिटालाई !!

------------------३ --------------------------

सापकोटा बारी कालिका माथि चौडाले पिङ्ग होला !

झाझरमारे कालिका माइको पूजामा भीड होला !!

चण्डीको पाठ पढेर पण्डित महाकाली भन्दा हुन !

सप्तमसती दुर्गाको पूजा गरेर बस्दा हुन !!

-----------------४ ---------------------------------

मखमली फुल्दा, मर्सी धान झुल्दा म आउन पाइन !

चार बीस उमेर ढल्केका बाबा म टीका भ्याइन !!

फुटेकै कर्म रहेछ आमा परदेशी छोराको !

यही गीत लेख्दै पुछेर आँशु बुझाए मन मेरो !!

--------------------------५ --------------------------

     (समाप्त)

डा. दीपक यात्री 

लेखनाथ -२७ , कास्की 

हाल : प्रमुख सूचना प्राबिधिक , 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर 

सम्पर्क फोन नं : ९८१३४५६३७४ 

Friday, August 22, 2025

भावपूर्ण श्रद्धाञ्जली .

 भावपूर्ण श्रद्धाञ्जली .....


 यस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि,ललितपुरका कार्यकारी अध्यक्ष, नेपाल क्यान्सर सपोर्ट ग्रुपका संरक्षक बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदिप श्रेष्ठका पिता श्री राम बहादुर श्रेष्ठको ९० वर्षको उमेरमा हिजो २०८२ साल भदौ ५  गते  विहीबार अपरान्ह दुखद निधन भएको छ । यस असमायिक निधन  भएको खबरले हामीलाई अति दुखित बनाएको छ। यस दुखद घडीमा दिबंगत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रदान्जली अर्पण गर्दछौ। साथै यस दुखद घडिमा शोकसन्तप्त परिवार प्रति हार्दिक समबेदना प्रकट गर्दै इश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भनी इश्वरसंग कामना  गर्दछौ। 

      नेपाल क्यान्सर सपोर्ट ग्रुप 

Tuesday, August 12, 2025

म फूल जस्तो हुन सकूँ

 गीत    "म फूल जस्तो हुन सकूँ"


म फूल जस्तो हुन सकूँ,

तिमी भवरा बनी आऊ है !

म फूल टिप्ने कोही भए ,

तिमी काँडा भई जोगाऊ है !!

--------------------१ --------------------

म फूल जस्तो हुन सकूँ,

तिमी भवरा बनी आऊ है !

---------------------------------------

म बासुरी झैँ बन्न  सकूँ,

तिमी धून बनी बज्नू है !

म सारंगी झैँ बन्न सकूँ ,

तिमी तार बनी रेट्नु है !!

--------------२ -----------------------


म फूल जस्तो हुन सकूँ,

तिमी भवरा बनी आऊ है !

------------------------------------------

म जून जस्तो चम्कन सकूँ ,

तिमी शीतल भई आऊ है !

म घाम जस्तो उज्यालो बनूँ ,

तिमी पारिलॊ भई छाऊ है !!

---------------३--------------------------

म फूल जस्तो हुन सकूँ,

तिमी भवरा बनी आऊ है !

-------------------------------

म गीत जस्तो सरस बनूँ,,

तिमी लय बनी गाऊ है  !

म संगीत जस्तो माधुर्य बनूँ 

तिमी राग बनी आऊ है !!

------------------४ -------------------

म फूल जस्तो हुन सकूँ,

तिमी भवरा बनी आऊ है !


------------समाप्त ------------------


 डा. दीपक यात्री 

लेखनाथ -२७ , कास्की 

हाल : प्रमुख सूचना प्राबिधिक , 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर 

सम्पर्क फोन नं : ९८१३४५६३७४ 

रचना मिति : २०८२ साल श्रावण २७ गते 


Sunday, August 10, 2025

तिमीलाई देखेर आँखा

 तिमीलाई देखेर आँखा

त्यहीं छोडी हिंडे म
बाटो सुनसान भैसकेको थियो
जून बिलाएर गैसकेको थियो
बिस्तारै हिंडेको कोही साथमा
तिमीलाई देखेर पाइला
त्यहीं छोडी हिंडे म
बोलाऊँ बोलाउन हुँदैनथ्यो
भुलूँ भने यो मनले दिंदैनथ्यो
भूइँचालो चलाई एक रातमा
तिमीलाई देखेर मुटु
त्यहीं छोडी हिंडे म
**********************
शब्द – कृष्णप्रसाद पराजुली
स्वर – उदित नारायण झा
संगीत – नातीकाजी

Thursday, August 7, 2025

सामाजिक अभियन्ता स्वरुपा श्रेष्ठसंग सुखद भेट

 आज नेपाल क्यान्सर हस्पिटलकी संस्थापक संचालक समिती सदस्य एबम सामाजिक अभियन्ता श्रीमती स्वरुपा श्रेष्ठसंग पहिलो पटक सुखद भेट भयो। उहाँ नेपाल क्यान्सर सपोर्ट ग्रुप , उपचारका लागि सहयोगी हातहरु, नेपाल च्याम्बर अफ कमर्स, रोटरी क्लब अफ याला, श्रीदीप हेल्थ वेलनेस  ---आदि जस्ता दर्जनौ सामाजिक तथा परोपकारी संस्थामा आबद्द हुनुहुदो रहेछ।  म अन्जु पन्तले पनि केही बर्षदेखी "अन्जु पन्त फाउन्डेसन" स्थापना गरी सक्दो सामाजिक सहयोग र परोपकारी काम गर्ने रहर गरेकी छु। आदरणीय  स्वरुपा मेमले उहाँका परोपकारी संस्थाहरुसंग हातेमालो गरी सहकार्य गर्न सकिने आश्वाशन दिएपछि मलाई धेरै धेरै खुशी लागेको छ। 

     यस सुखद भेट गराइदिनुहुने आदरणीय गीतकार तथा कबि @ दीपक यात्री प्रति हार्दिक आभार !


# परोपकारी संस्थामा सहकार्य #

## सामाजिक अभियन्ता स्वरुपा श्रेष्ठसंग सुखद भेट ##


        (तस्बीरमा  स्वरुपा श्रेष्ठ मेम, डा दीपक यात्री र डा खगेन्द्र देबकोटा