Wednesday, July 16, 2025
Friday, July 11, 2025
के म नेपाली हैन र ?
के म नेपाली हैन र ?
हामी नेपालीसंग,
बिश्व शान्तिको क्षेत्र नेपाल भूमि छ
यसभन्दा पनि बुद्दको दिब्यभूमि छ
पूर्बजका खुडा खुकुरी मात्रै हैन
जनक र बुद्दको बोधिसत्व पनि छ
अमरसिंह र बलभद्रको बीरता मात्रै हैन
अरनिकोको सीप र कला पनि छ।
मेरो दक्ष मेरो शक्ति यसको लागि योग्य छ
किनकि -
के म नेपाली हैन र ?
------------------१ ---------------------------
हामी नेपालीलाई थाहा छ -
बारुदको धुवाले मात्रै युद्द हुदैन
सेतो परेवाले पनि शान्तिपूर्ण युद्द गर्न सक्छ
हिरण्यकश्यपु र दुर्योधनको मात्रै युद्द हुदैन
प्रल्हाद र युधिष्ठिरले पनि सत्यताको युद्द गर्न सक्छन।
स्वयम्भुका शान्ति दृष्टीले
एउटा न्याय, समानता र अवसरको खोजी गर्न सक्छु
किनकि -
के म नेपाली हैन र ?
--------------२ ---------------------------------
जाग भो अब जाग,
महाभारतको अभिमन्यू बनेर
अशिक्षा र अन्धबिश्वासको चक्रब्युह फोड्नुपर्छ
रामायणको लबकुश बनेर
भ्रष्टाचार र दुराचारको जरैबाट उन्मूलन गर्नुपर्छ।
बुद्द र जनक बनेर
ज्ञानको साक्षात्कार ज्योती सर्बत्र फैलाउनुपर्छ।
सीता र भृकुटी बनेर
देशको सुबास संसारभरी फैलाउनुपर्छ।
किनकि -
के म नेपाली हैन र ?
---------------------३ ---------------------
उठ, भो अब उठ ,
जोश र जागरको बीज छर्नुपर्छ
भाका लैबरीको गाइनुपर्छ
बोलि चाचारीको हुनुपर्छ
स्वयम्भूको शान्तिप्रीत आँखाले
पशुपतिको पवित्र स्वच्छ हृदयले
आऊ ,
एउटा युद्दको शुभारम्भ गरौ।
किनकि -
के म नेपाली हैन र ?
----------------४ ------------------
Saturday, July 5, 2025
नेपाल क्यान्सर गीत
https://youtu.be/__h7WXQwoWQ
नेपाल क्यान्सर (गीत):
स्वास्थ्य मेरो धन हो , स्वास्थ्य मेरो प्राण !
स्वास्थ्य मेरो जीबन हो , इश्वरको दान !!
स्वस्थ खान्छु , स्वस्थ बस्छु स्वस्थै मेरो जीबन !
क्यान्सर शंका लाग्यो भने नेपाल क्यान्सर !!
-----------१ -----------------------------
गुट्खा खैनी खान्न म त सुर्ती पनि खादिन !
चुरोट बिडी तमाखु त कहिल्यै हेर्दिन !!
जाँड रक्सी मादक हो , बस्छु म त पृथक !
क्यान्सर निदान गर्न परे , नेपाल क्यान्सर !!
--------------२ ---------------------------
पहिलो चरण निदान गर्छु , पहिलो चरण उपचार !
क्यान्सर निको हुनेगर्छ, छैन मलाई डर !!
किमो अनि रेडिएसन सर्जरीको इलाज !
सर्ब सुलभ लोकप्रिय छ , नेपाल क्यान्सर !!
--------------३ -----------------------------
नेपालीको क्यान्सर उपचार हुन्छ नेपालमै !
उत्कृष्टता हेरचाह हाम्रो मूल मन्त्र नै !!
संदेश सारा फैलाऊ, जन चेतना सारा !
सर्बसुलभ मितव्ययी छ नेपाल क्यान्सर !!
-----------४ ----------------------------
(समाप्त )