नेपाली लोकगीतको फाँटमा एउटा लोकप्रिय नाम हो हरिदेबी कोइराला (Haridevi Koirala )। नेपाली लोक संस्कृतीप्रति सधै आदरभाव राख्ने र नयाँ पुस्तालाई सधै लोकगीतप्रति उत्प्रेरित गर्ने उहाको बिशेषता हो। आफ्नो पहिचान र धरोहरका रुपमा रहेको लोक संस्कृतीलाई सधै जगेर्ना र सम्बर्धन गर्दै आएकी गायिकाका एक हजारभन्दा बढी गीतहरु रेकर्ड भैसकेका छन्।
पाइन खबर , आमा तिम्रो , चिन्ता बढ्यो , झिलझिल सीतारा , आँखाभरी आशूको धारा, बिरानो मुलुक उहाका लोकप्रिय गीतहरु हुन।
सस्तो लोकप्रिय र फगत मनोरंजन भन्दापनि चेतनामुलक र संदेशमुलक सूचना र भावना प्रदान गर्ने गीतहरुकी संकलन र गायिका हरिदेवी कोइरालाको आज परेको शुभजन्मोत्सवको उपलक्ष्यमा सुस्वास्थ्य, दीर्घायु, सुक्खशान्ति, उन्नति सम्वृद्धि, अटल सौभाग्य तथा थप कीर्तिमय साथै लोकगीत क्षेत्रमा थप प्रगति र उन्नतीकोलागि मङ्गलमय शुभकामना अर्पित गर्दछौँ ।
No comments:
Post a Comment