Monday, October 28, 2024

बिरानो तिहार

    " बिरानो तिहार "


न गलामा फूलको माला, यसपालीको चाड !

न निधारमा टिका थाप्नु निधार छ उजाड !!

झल्को आउछ तेल लाएर, कपाल मुसारेको !

दिदी बहिनी सबै मिली टिका सजाएको !!


न गलामा फूलको माला, यसपालीको चाड !

न निधारमा टिका थाप्नु निधार छ उजाड !!

-------१ ------------------------------------

यसपालीको सयपत्री बारीमा नै झर्यो !

झिलीमिली दीप पनि नबल्ने नै भयो !!

गाई, गोरु, कुकुर , काग पनि पुजिएन !

यमराजको बाटो छेक्ने ओखर फोडीएन !!


न गलामा फूलको माला, यसपालीको चाड !

न निधारमा टिका थाप्नु निधार छ उजाड !!

---२ ----------------------------------

कोजाग्रत रातभरी रमाई  तास खेल्थ्यौ !

दिदी बहिनी भान्जीबाट सेलरोटी बन्थ्यो !!

अपूर्ण भो यसपाली तिहार सार्है खल्लो !

लक्ष्मी पूजा, लक्ष्मी दिवस पनि बिरानो भो !!


न गलामा फूलको माला, यसपालीको चाड !

न निधारमा टिका थाप्नु निधार छ उजाड !!

--------------३ ----------------------------

     (समाप्त)


डा दीपक यात्री 

लेखनाथ -२७ , कास्की 

हाल : प्रमुख सूचना प्राबिधिक , 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर 

सम्पर्क फोन नं : ९८१३४५६३७४