Sunday, February 1, 2026

बालुवाको मरुभूमीमा मैले प्रेम गरे

 बालुवाको मरुभूमीमा मैले प्रेम गरे 

बालुवामा फूल फुल्ने मैले आशा गरे 

तिम्रो नाम लेखे मैले हावाको लहरमा 

उडाईलग्यो सारा सपना पवन तरंगमा 

बालुवाको मरुभूमीमा -----------

बालुवामा फूल फुल्ने ----------------

-------------------१ -------------------------

नहुने त थाहै थियो तर पनि चाहे 

नफुल्ने फूललाई मैले सजाइरहे 

बाहिर पोल्ने चर्को घाम छ , भन्छु शीतल जून 

बाहिर खित्का छोडी हास्छु, भित्र पर्छ रुन 

बालुवाको मरुभूमीमा -----------

बालुवामा फूल फुल्ने ----------------

------------२ ------------------------------

भीडभाडमा पनि म त सधै एक्लो हुन्छु 

मनका सारा पिर ब्यथा आसुँले नै धुन्छु 

शब्दहरु मौन बसे , आसुँ भयो गीत 

पोखूँ कहाँ मनको भारी रुन्छु आफैसित 

बालुवाको मरुभूमीमा -----------

बालुवामा फूल फुल्ने ----------------

-------------------३ -----------------------------

मूर्तीलाई फूल भयो जिन्दगानी मेरो 

कागजको खरानी भो जिन्दगानी मेरो 

पत्थरजस्तो तिम्रो दिल मैले फूल सम्झे 

ढुंगाजस्तो तिम्रो माया मैले नौनी सम्झे 

बालुवाको मरुभूमीमा -----------

बालुवामा फूल फुल्ने ----------------

बालुवाको मरुभूमीमा -----------

बालुवामा फूल फुल्ने ----------------

-----------------४ --------------------------

                             (समाप्त )

No comments:

Post a Comment