Sunday, August 23, 2026

साक्षात् देखिनँ रूप त्यो चरणमा टाढै गरेँ वन्दनै

 

साक्षात् देखिनँ रूप त्यो चरणमा टाढै गरेँ वन्दनै 

---------------------------------------------------

अर्चेल्या घरको त्रिपाठी-कुलको म पुत्र दीपक हूँ,

औँसीको दिनमा पवित्र मनले दुई शब्द जोडेको  हूँ ।

छोएरै पद-पद्म आज सबेरै ढोग्नन् नपाए पनि,

साक्षात् देखिनँ रूप त्यो चरणमा टाढै गरेँ वन्दनै  ।।

-------------------- १  -------------------


थिएन घरमा अभाव कहिल्यै न साहुको ऋण नै,

म आफैँ अनिभिज्ञ भएँ म किन हो टाढिएँ देश नै ।

श्रद्धाले जल चढाउँदै चरणमा पूजा नपाए पनि,

साक्षात् देखिनँ रूप त्यो चरणमा टाढै गरेँ वन्दनै  ।।

-------------२ -------------------------------


के हो कष्ट, अभाव के भुवनमा थाहै नपाईकन,

सारा ती सुख-शान्ति पाएँ मैले ज्ञानै नपाईकन ।

डोर्‍याई मलाई बाल्यावधिमा औँला समाईकन,

साक्षात् देखिनँ रूप त्यो चरणमा टाढै गरेँ वन्दनै  ।।

----------------३ -----------------------

माग्दा वामनले दिए बलि-नृपे ऐश्वर्य सारा पनि,

दिन्थे कर्ण महाबली कवच नै त्यो कुण्डलम् जो पनि ।

तीभन्दा ममता महान् छ पितृको सन्तानलाई भनी,

साक्षात् देखिनँ रूप त्यो चरणमा टाढै गरेँ वन्दनै ।।

------------------४---------------------------------------

        (समाप्त )




Saturday, August 22, 2026

यथार्थता

  "यथार्थता "  (मिलाउन धेरै बाँकी छ। )

रूखैले फल खान्न आफु कहिल्यै, बाँड्छन् सधैं तृप्त भै,

खोलाले जल पिउँदैन कहिल्यै, बग्छन् सधैं तृप्त भै।

गायीले दूध दिन्छिन् सदा जगहितै, आफ्नै कुनै स्वार्थ हुन्न,

सत् मान्छेहरूको शरीर पनि हो, सत्कर्ममै अर्पितै॥

----------------------१ ----------------------------

आफ्नो पानी नदीले कहिल्यै पिउँदिनन्, तृप्त पार्छिन् जगत्‌लाई,

बोकी निर्मल धार सधैं बग्दछिन्, मेटाउन तीर्खा सबै।

सज्जनको गुण यस्तै हुन्छ संसारमा, स्वार्थ र लोभ नराखी,

अर्काकै हित खातिर बग्छ सदा, जीवन धन्य बनाइ॥

---------------२ -----------------------------

राख्दैनन् कहिल्यै प्रकाश रविले, आफ्नै निमित्तै भनी,

बाँडी तेज उज्यालो पार्छ जग यो, आफैं सधैं बल्दछन्।

निस्वार्थी गुण हो महान् प्रकृतिको, अर्काकै कल्याणमा,

सज्जनको पथ दीपझैं चहकिन्छ, संसार उज्यालो बनाइ॥

-------------३  -------------------------------

राख्दैनन् कहिल्यै सुवास फूलले, आफ्नै निमित्तै भनी,

बाँड्छन् सौरभ चारैतिर सधैं, संसार मख्खै पारी।

ओइली झर्छ तरै पनि जगत्‌लाई, आनन्द दिन्छन् सदा,

सज्जनको गुण यस्तै हुन्छ जसरी, बाँच्छन् परोपकारमै॥

--------------४ -----------------------------