"यथार्थता " (मिलाउन धेरै बाँकी छ। )
रूखैले फल खान्न आफु कहिल्यै, बाँड्छन् सधैं तृप्त भै,
खोलाले जल पिउँदैन कहिल्यै, बग्छन् सधैं तृप्त भै।
गायीले दूध दिन्छिन् सदा जगहितै, आफ्नै कुनै स्वार्थ हुन्न,
सत् मान्छेहरूको शरीर पनि हो, सत्कर्ममै अर्पितै॥
----------------------१ ----------------------------
आफ्नो पानी नदीले कहिल्यै पिउँदिनन्, तृप्त पार्छिन् जगत्लाई,
बोकी निर्मल धार सधैं बग्दछिन्, मेटाउन तीर्खा सबै।
सज्जनको गुण यस्तै हुन्छ संसारमा, स्वार्थ र लोभ नराखी,
अर्काकै हित खातिर बग्छ सदा, जीवन धन्य बनाइ॥
---------------२ -----------------------------
राख्दैनन् कहिल्यै प्रकाश रविले, आफ्नै निमित्तै भनी,
बाँडी तेज उज्यालो पार्छ जग यो, आफैं सधैं बल्दछन्।
निस्वार्थी गुण हो महान् प्रकृतिको, अर्काकै कल्याणमा,
सज्जनको पथ दीपझैं चहकिन्छ, संसार उज्यालो बनाइ॥
-------------३ -------------------------------
राख्दैनन् कहिल्यै सुवास फूलले, आफ्नै निमित्तै भनी,
बाँड्छन् सौरभ चारैतिर सधैं, संसार मख्खै पारी।
ओइली झर्छ तरै पनि जगत्लाई, आनन्द दिन्छन् सदा,
सज्जनको गुण यस्तै हुन्छ जसरी, बाँच्छन् परोपकारमै॥
--------------४ -----------------------------