शब्द रचनाहरू
Saturday, September 10, 2022
मेरो टोपी कैलाशको शिर जस्तो
Friday, September 9, 2022
उत्कृष्ट नेपाली राष्ट्रिय गीतहरु
https://www.youtube.com/watch?v=aXmoJ1m5Ac4
उत्कृष्ट नेपाली राष्ट्रिय गीतहरु
१) सय थुङ्गा फूलका हामी
२) जाग लम्क चमक
३) यो नेपाली शीर उचाली
४) पंक्षीमा डाफे राम्रो
५) गाउ गाउ बाट उठ , बस्ति बस्ति बाट उठ
६) गाउछ गीत नेपाली
७) पश्चिम कोही पूर्ब
८) लाग्दछ मलाइ रमाइलो
९) नेपालीको छातीमा
१०) धर्तीको छातीमा
११) गाऊ गाऊ बाट उठ, बस्ती बस्ती बाट उठ
१२) म भक्त हु देशको , म रक्त हू देशको
१३)नेपाली नेपालको माया छ कि छैन
१४) रातो र चन्द्र सूर्य
१५) ठूला ठूला महल
१६) मेरो देश लाग्छ मलाइ प्यारो
१७) तिम्रो मात्र हैन
१८) पहाडमा जाडो बढे
१९) फर्की आऊ शान्ती तिमी
२०) बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस
२१) बनेको छ पहराले यो छाती मेरो
२२) देशले रगत मागे मलाइ वली चढाउनु
२३) आमा भन्दै रुन
२४) मेरो टोपि कैलाशको शिर जस्तो
लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो
लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो
हिमालचुली मन्तिर पानी भर्ने पँधेरो
लेकै हेर्यौ लाली गुराँस बेंसी हेर्यो प्याउली
पिरती बास्ने परेवा बिरह बोल्ने न्याउली
हिमाल छुन्छ बेलुकी सप्तर्षिको ताँतीले
जुनेली रात बिताउँछु गाउँदा गाउँदै साथीले
सम्झन्छु म हिउँचुली आँसुको ढिका खसाली
यो बिरानो मुलुकमा बस्दैन माया बसाली
वनमा घाम नलागे जगत सारा अँधेरो
नौडाँडाको पारीमा प्रीतिको देश छ मेरो
मेरो कान्ले लेकैलाई पाकेर जाने बादल
हातले मैले नछोए पनि छ कति कोमल
डर लाग्छ मलाई यही बादलु छायाँले
पार्दछ जहाँ इन्द्रेणी पाइला भिज्ने मायाले
नेपाल हाम्रो कति छ राम्रो :
नेपाल हाम्रो कति छ राम्रो :
तराई हाम्रो अति नै राम्रो धानको बालाले !
पहाड हाम्रो उत्तिकै राम्रो गुरास फुल्नाले !!
मधेश हाम्रो तोरीको बारी पहेलै फुलेको !
पहाड हाम्रो कोदाको बाला फलेर झुलेको !!
--------------------१ ----------------
सगरबाट संझ्याल हेरौ मृगले दौडेको !
क्षितिज मेरो बारी र पारी हरियो बनैको !!
नजर मेरो पर्दछ सधै हिमाली हासोमा !
हिऊको ज्योति खेल्दछ मेरो आखाको नानीमा !!
----------------------२ ---------------------------
कस्तुरी मृग उफ्रेको देख्छु हरियो बनैमा !
याक र चौरी चरेको देख्छु हिमाली चौरमा !!
डाफे र मुनाल नाचेको देख्दा यो मन रमाउछ !
त्यही डाफेसंग नाचूकि जस्तो यो दिल जगाउछ !!
---------------------३ -------------------------
देउराली भन्ज्यांग उक्लेर आफै गाउसम्म पुगु कि !
पाटन खर्क दौडेर आफै खोरिया फाडू कि !!
लेक र बेशी ओहोरो दोहोरो पहाडी बाटोमा !
पसिना भिज्छ पौरखी मेरो नेपाली माटोमा !!
--------------------४ ---------------
खोला र नाला बगेको देख्छु फुटेर मूलले !
नहर कुलो लगाई छाड्छु पानीको भेलले !!
हरियो बन देखेर होला हिमाल हासेको !
नेपाल आमा स्वर्गको देश म आफू बाचेको !!
---------------------५ -------------------------
.(समाप्त )
डा दीपक यात्री
प्रमुख सूचना प्राबिधिक
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर
हरिसिद्दि, ललितपुर
लेखन मिति :भदौ २४ गते २०७९
स्थायी ठेगाना :लेखनाथ -२७ ,अर्चले कास्की
नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
नेपाली हामी रहौँला कहाँ (नेपालै नरहे)२
उचाइ हाम्रो चुलिन्छ कहाँ (हिमालै नरहे)२
तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको
माटो र पानी पहिलो धन धर्तीका छोराको
ए कहाँबाट संसार हेर्छौ (सन्झ्यालै नरहे)३
दसैँ र तिहार रमाइला हाम्रा चुड्का र ख्यालीले
हिर्दय हाम्रो जुर्मुराउँछ जितको झ्यालीले
बैँसको तालमा नाचौँला कहाँ (मादलै नरहे)३
ए कति राम्रो बिहानी पख घामको रेखी हो
सभ्यता पहिलो संसारमा फैल्यो हिमाल देखि हो
बिम्झौँला कहाँ पुर्वको पैलो (उज्यालै नरहे)३
नेपाली हामी रहौँला कहाँ (नेपालै नरहे)२
कक्षागत गीतहरु कक्षा १ देखि १० सम्म
https://www.youtube.com/watch?v=o2-4I1d06dI
हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ
पहरा बोल्छ, छहरा बोल्दछ नेपाल बल्दछ।-२
उन्नत हाम्रो सगरमाथा बिश्व कै शिर हो
बिश्व मा उच्च गौरब राख्ने नेपाली बीर हो
हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ
पहरा बोल्छ, छहरा बोल्दछ नेपाल बल्दछ।-२
पसिना देउ, हृदय देउ, उठाउ नेपाल
तिमी नै आफू नउठे देखि के उठ्छ हिमाल
हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ
पहरा बोल्छ, छहरा बोल्दछ नेपाल बल्दछ।-२
जनकको जान सिता को सिप बुद्व को हृदय
नबिर्स आफ्नो पुर्खाको त्याग साहस बिजय
हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ
पहरा बोल्छ, छहरा बोल्दछ नेपाल बल्दछ।-२
Thursday, September 8, 2022
रसराग बिनाको कबिता हुदैन !!
बसि फेदमा वृक्ष कहाँ चढिन्छ !
बिना हतियार युद्द कहाँ जितिन्छ !!
किनारा नछोडी कसरी पौडीन्छ
पोखरी नपसी हिलो कहाँ सोरिन्छ !!