Friday, September 9, 2022

नेपाल हाम्रो कति छ राम्रो :

 नेपाल हाम्रो  कति छ राम्रो :

तराई हाम्रो अति नै राम्रो धानको बालाले !

पहाड हाम्रो उत्तिकै राम्रो गुरास फुल्नाले !!

मधेश हाम्रो तोरीको बारी पहेलै फुलेको !

पहाड हाम्रो कोदाको बाला फलेर झुलेको !!

--------------------१ ----------------

सगरबाट संझ्याल हेरौ मृगले दौडेको !

क्षितिज मेरो बारी र पारी हरियो बनैको !!

नजर मेरो पर्दछ सधै हिमाली हासोमा !

हिऊको ज्योति खेल्दछ मेरो आखाको नानीमा !! 

----------------------२ ---------------------------

कस्तुरी मृग उफ्रेको देख्छु हरियो बनैमा !

याक र चौरी चरेको देख्छु हिमाली चौरमा !!

डाफे र मुनाल नाचेको देख्दा यो मन रमाउछ !

त्यही डाफेसंग नाचूकि जस्तो यो दिल जगाउछ !!

---------------------३ ------------------------- 

देउराली भन्ज्यांग उक्लेर आफै गाउसम्म पुगु कि !

पाटन खर्क दौडेर आफै खोरिया फाडू  कि !!

लेक र बेशी ओहोरो  दोहोरो पहाडी बाटोमा  !

पसिना भिज्छ पौरखी मेरो नेपाली माटोमा !!

--------------------४ ---------------

खोला र नाला बगेको देख्छु फुटेर मूलले !

नहर कुलो लगाई छाड्छु पानीको भेलले !!

हरियो बन देखेर होला हिमाल हासेको !

नेपाल आमा स्वर्गको  देश म आफू बाचेको !!

---------------------५ -------------------------

    .(समाप्त )

डा  दीपक यात्री

प्रमुख सूचना प्राबिधिक 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

हरिसिद्दि, ललितपुर 

लेखन मिति :भदौ २४ गते २०७९ 

स्थायी ठेगाना :लेखनाथ -२७  ,अर्चले कास्की

No comments:

Post a Comment