Thursday, September 26, 2019

कबिबर माधव प्रसाद घिमिरेलाइ एक सतक एक बर्षगाठको लाखौ लाख शुभकामना ।

राष्ट्रबादी एबम अखण्ड राज्यबादी कबिबर माधव प्रसाद घिमिरेलाइ एक सतक एक बर्षगाठको लाखौ लाख शुभकामना ।
खेलेर एरा मृग एक मारी !
बाडी कलेजो जति छन् शिकारी !!
बिलो लियेझैँ शिरमा उनेर !
यो राज्य बाड्ने चिज हैन हेर !!!
थुतिन्छ पत्ता जब खाताबाट !
सिद्धिन्छ शोभा अनि फूलबाट !!
पारिन्छ सत्ता जब खण्ड खण्ड !
रहन्छ के राज्य त्यहाँ अखण्ड !!

Monday, September 2, 2019

सबै भन्दा राम्रो दर्पण एउटा पुरानो मित्र हो: जर्ज हर्बर्ट |

The best mirror is an old friend. सबै भन्दा राम्रो दर्पण एउटा पुरानो मित्र हो: जर्ज हर्बर्ट | 
जर्ज हर्बर्टको यो उद्गारले उधृत गरे झैँ आज मेरो एउटा पुरानो मित्रसंग भेट्न , भलाकुसारी गर्न र संगै खाना खाने अवसर जुर्यो ।
तिनै पुरानो मित्र जो आध्यात्मिक एबम आधुनिक बैचारिक बौदिकताले पोख्त हुनुहुन्छ ,आदित्य खनाल |

Monday, July 1, 2019

" बनाऔ नेपाल कर्मभूमी "




  " बनाऔ नेपाल कर्मभूमी "

जहाँबाट हिमाल उठेको छ
हामी त्यहीबाट उठ्न सकौ
जहाँबाट हिउँ पग्लेको छ
हामी त्यहीबाट बग्न सकौ
किनकि,
भूकम्पपछिको धरहरालाई
पुन: उभ्याउनुछ
सगरमाथाको चुचुरोलाई
 सधै चुल्याउनुछ ।
---------- १  --------------
सपनाको तालमा अब
हात र हत्तासोले सुकुल बन्नुछ
लैबरी र मरुनीका भाकाहरुसंगै
गाउँबस्ती शहर जगाउनुछ
किनकि,
बिहानीको सूर्य उदाए झैँ
बिकासका पुञ्जहरु  फिजाउनुछ
कर्णालीको नदी बगाए झैँ
शिक्षाको ज्योति बगाउनुछ ।
---------- २ --------------
ढिकी,जातो र तान
मुर्चुङ्गा र सारंगीका लयसंगै जगाउनुछ
हलो, गैची र कोदाली
"सारेगमपधनिसा" का धुनहरुसंगै चलाउनुछ 
किनकि,
गाँस बास र कपासको प्रत्याभूति
हर नेपालीले पाउनुछ
रोजी र रोटीको निम्ति
आफ्नै नंग्रा खियाउनुछ ।
---------- ३ --------------
म माटोको किरिया खाएर भन्छु
देशभित्र मात्र म छैन
मभित्र देश पनि छ
छातिभित्र मात्र मुटु छैन
मुटुभित्र बुद्ध पनि छ
अन्त्यमा,
म यो देश रोपिरहू रोपाहाराहरुसंग
म यो देश जोतिरहू हली बाउसेहरुसंग
म यो देश गोडीरहू खेतालाहरुसंग ।
----------४ --------------
       (समाप्त)
                           ---श्रष्टा : दीपक यात्री
                            प्रमुख सूचना प्राबिधिक
                             नेपाल क्यान्सर हस्पिटल, ललितपुर
                           स्थायी ठेगाना : पोखरा लेखनाथ-२७, कास्की नेपाल 
                         सम्पर्क मोबाइल : ९८१३४५६३७४
                                         फोन :०६१-५६०४७६

Saturday, June 8, 2019

अम्बर गुरुङ

"नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर " भारती मुलका सैनिक घरका,जन्मे प्रतिभा एक ! काटी सतगजा फड्केर सिमाना बिराज नेपालमा !! बस्यौ नेपाली मनमस्तिष्कमाझ ,संगीतका साधक ! नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !! ------------------१ ------------------------------------- मृत्यु एक अभिशाप हो विसंगती,नियतिको पालन ! शाश्वत प्राणको पार्थीव लीला हो, पंचतत्व बिसर्जन !! कोही चाडै नै त कोही अलि ढीला,राजै छैन अमर ! नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !! --------------------२ ----------------------------------- कोपिला फक्रेर फुलेर झर्दछ ,माटो मौलाइकन ! त्यही माटो उर्बर बनिदिन्छ ,बनाइ सयौ अङ्कुर !! तिम्रै काखमा जन्मिए प्रतिभा फक्रुन फलुन अङ्कुर ! नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !! ------------------३ ------------------------ राजा इन्द्रले स्वर्गमै गीत सुन्न, बोलाएको पो होकि ? इन्द्राणी सखी ती कतै पतिलाई गरीछ्की बिनती ?? नेपाली जनको भरेर दिलमा संगीतको श्राबण ! नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !! ------------------४ ------------------------ (समाप्त ) --इ. दीपक यात्री सिनियर इञ्जिनिएर ;भेरिएन सिस्टम हैदराबाद भारत स्थायी ठेगाना: लेखनाथ -६ ,कास्की नेपाल नोट :यो कविता पढेपछि उहाप्रति श्रद्धा-सुमन चढाउँन मन लागेमा कमेन्टमा लेख्न्जस नगर्नुहोला |
नेपाली संगीतका शिखर पुरुष अम्बर गुरुङ ! राष्ट्रिय गानका संगितकार तथा वरिष्ठ गायक अम्बर गुरुङ !! उहाको आज असामायिक दुखद निधन !!!! अम्बर गुरुङलाई पछिल्लो पुस्ताले नेपालको राष्ट्रिय गानका संगितकारको रुपमा चिन्छन । तर हामीहरु अम्बरलाई "नौ लाख तारा उदाए" देखि "रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो" गीत संगीत देखि नै चिन्छौ | संगीत तथा नाट्यकला प्रतिष्ठानका प्रथम कुलपति समेत रहनु भएका गुरुङको आत्माको चिर शान्तिको कामना सहित अश्रुपूर्ण श्रद्धाञ्जली । मुर्धन्य संगीतकार अम्बर गुरुङको श्रद्धासुमनमा दुई पंक्तिहरु : "नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर " भारती मुलका सैनिक घरका,जन्मे प्रतिभा एक ! काटी सतगजा फड्केर सिमाना बिराज नेपालमा !! बस्यौ नेपाली मनमस्तिष्कमाझ ,संगीतका साधक ! नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !! ------------------१ ------------------------------------- मृत्यु एक अभिशाप हो विसंगती,नियतिको पालन ! शाश्वत प्राणको पार्थीव लीला हो, पंचतत्व बिसर्जन !! कोही चाडै नै त कोही अलि ढीला,राजै छैन अमर ! नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !! --------------------२ ----------------------------------- कोपिला फक्रेर फुलेर झर्दछ ,माटो मौलाइकन ! त्यही माटो उर्बर बनिदिन्छ ,बनाइ सयौ अङ्कुर !! तिम्रै काखमा जन्मिए प्रतिभा फक्रुन फलुन अङ्कुर ! नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !! ------------------३ ------------------------ राजा इन्द्रले स्वर्गमै गीत सुन्न, बोलाएको पो होकि ? इन्द्राणी सखी ती कतै पतिलाई गरीछ्की बिनती ?? नेपाली जनको भरेर दिलमा संगीतको श्राबण ! नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !! ------------------४ ------------------------ (समाप्त ) --इ. दीपक यात्री सिनियर इञ्जिनिएर ;भेरिएन सिस्टम हैदराबाद भारत स्थायी ठेगाना: लेखनाथ -६ ,कास्की नेपाल नोट :यो कविता पढेपछि उहाप्रति श्रद्धा-सुमन चढाउँन मन लागेमा कमेन्टमा लेख्न कन्जुस नगर्नुहोला |
Chat Conversation End

Friday, April 5, 2019

सुपरिचित नाम हो मुकुन्द शरण उपाध्याय !

नेपाली भाषामा देखिएको अराजकतालाई अन्त्य गर्न २०३५ सालदेखि निरन्तर नेपाली भाषामा समर्पित' , कुशल छन्द कबि एबम साहित्यकारको सुपरिचित नाम हो मुकुन्द शरण उपाध्याय !
बि .स. २०४० सालतिर म कक्षा ४ मा पढ्दै गर्दा मेरो घरछिमेक अर्चलेमा "प्राकृत पोखरा " खण्डकाव्यको बहुतै चर्चा हुन्थ्यो र उहाँको बालकथा 'झगडाको ओखती' महेंद्रमाला पाठ्यपुस्तकमा पढ्नु पर्थ्यो । मेरो सिमित ज्ञानलाई जानकारी भएको आधारमा
काव्य, कथा, समालोचना, नाटक आदि विधामा उपाध्यायका प्रकाशित कृतिहरू निम्न छन् :
१. वरदान (उपन्यास, वि. सं. २०१७)
२. प्राकृत पोखरा (खण्डकाव्य, वि. सं. २०२१)
३. महाभारत सूक्ति (सूक्तिहरू, वि. सं. २०३०)
४. धर्ती र अकाश (कविता संग्रह, वि. सं. २०३४)
५. शैल सरिता (संस्कृत/कविता संग्रह, वि. सं. २०३४)
६. श्री ५ महेन्द्रालंकार (लक्षणग्रन्थ, वि. सं. २०१८)
७. निम्बार्क चरितम् (संस्कृत, खण्डकाव्य)
८. प्रस्तावना र विवेचना (व्याकरण, वि. सं. २०४३)
९. केलादी घाट (परिचय, वि. सं. २०२१)
१०. अक्षर प्रज्ञा (वर्णविन्यास विज्ञान/व्याकरण, वि. सं. २०४७)
११. पद्य-प्रभा (पिङ्गलशास्त्र, सन् २००९)
१२. व्याकरण चिन्तन(व्याकरण, वि. सं. २०६८)
१३. सरल नेपाली: शुद्ध नेपाली(व्याकरण, वि. सं. २०४९)
१४. सरल नेपाली भाषा(व्याकरण, वि. सं. २०६४)
प्राकृत पोखरा नामक खण्डकाव्यका लागि मदन पुरस्कार (२०२१) प्राप्त श्री उपाध्यायको आज परेको शुभजन्मोत्सवको उपलक्ष्यमा सुस्वास्थ्य, दीर्घायु, सुक्खशान्ति, उन्नति सम्वृद्धि, अटल सौभाग्य तथा थप कीर्तिमय साथै छन्दमय हाशीखुशी जीवनका लागि मङ्गलमय शुभकामना अर्पित गर्दछौँ ।
नोट : मेरो पोष्टमा उहाँलाई जन्मदिनको शुभकामना कमेन्ट गर्नुहुने जनहरुलाई उहाको कुनै कृति छुटेको भए लेखिदिन अनुरोध छ ।