साक्षात् देखिनँ रूप त्यो चरणमा टाढै गरेँ वन्दनै
---------------------------------------------------
अर्चेल्या घरको त्रिपाठी-कुलको म पुत्र दीपक हूँ,
औँसीको दिनमा पवित्र मनले दुई शब्द जोडेको हूँ ।
छोएरै पद-पद्म आज सबेरै ढोग्नन् नपाए पनि,
साक्षात् देखिनँ रूप त्यो चरणमा टाढै गरेँ वन्दनै ।।
-------------------- १ -------------------
थिएन घरमा अभाव कहिल्यै न साहुको ऋण नै,
म आफैँ अनिभिज्ञ भएँ म किन हो टाढिएँ देश नै ।
श्रद्धाले जल चढाउँदै चरणमा पूजा नपाए पनि,
साक्षात् देखिनँ रूप त्यो चरणमा टाढै गरेँ वन्दनै ।।
-------------२ -------------------------------
के हो कष्ट, अभाव के भुवनमा थाहै नपाईकन,
सारा ती सुख-शान्ति पाएँ मैले ज्ञानै नपाईकन ।
डोर्याई मलाई बाल्यावधिमा औँला समाईकन,
साक्षात् देखिनँ रूप त्यो चरणमा टाढै गरेँ वन्दनै ।।
----------------३ -----------------------
माग्दा वामनले दिए बलि-नृपे ऐश्वर्य सारा पनि,
दिन्थे कर्ण महाबली कवच नै त्यो कुण्डलम् जो पनि ।
तीभन्दा ममता महान् छ पितृको सन्तानलाई भनी,
साक्षात् देखिनँ रूप त्यो चरणमा टाढै गरेँ वन्दनै ।।
------------------४---------------------------------------
(समाप्त )
No comments:
Post a Comment